वच्चा र परिक्षाको तनावले सोचेको जस्तो परिक्षा दिन मुस्किल


हेमन्त के सी
जाजरकोट । कार्कीगाउँ कि निर्मला खत्री १६ वर्षकी भईन् । उनीको काधमा अहिले माध्यमिक शिक्षा परिक्षा दिनु र साथमा रहेको एक वर्षको छोराको पालन पोषण गर्नु मात्र होईन , घर नजिकैको परिक्षा केन्द्रमा परिक्षा दिन नपाएपछि जगतीपुरमा वसेर परिक्षा दिन वाध्य छन् ।
जगतीपुरमा होटलहरु नभएका कारण कोठा लिएर परिक्षार्थीले आफै खाना वनाई खानुपर्ने र डेढ घण्टा लगाएर पानी वोकेर ल्याउनुपर्ने अर्को वाध्यता रहेको निर्मलाको भनाई छ । वच्चा संगै भएका कारण पढाई पनि राम्रो नभएको उनको भनाई छ । पढ्न लाग्दा छोरा रुन्छ , रुदा रुदै कसरी पढ्नु उनले भनिन् । उनी जस्तै अर्की भुरकी सविना पुन १६ वर्षकी भईन् । उनको साथमा पनि ६ महिनाको छोरी छिन् । छोराका कारण उनको पढाई र अन्य काम सवै अलपत्र परेको छ । पढाई नहुँदा नहुँदै उनी ६ महिनाको छोरी च्यापेर जगतीपुरमा परिक्षा दिन आएकी छिन् । विहिवारको परिक्षा दिदा दिदै ३ पटक छोरीलाई दुध दिदा उनले सोचे जती लेख्न समेत नसकेको वताईन् । छोरी,परिक्षा र विरानो ठाउँ अनि आफै खाना वनाएर खानु परिक्षाको सवै भन्दा पिडाको विषय भएको पुनको भनाई छ । घर नजिकैको विद्यालयमा परिक्षा केन्द्र भएपनि होम सेन्टर परिवर्तनले गर्दा विद्यार्थीहरु मारमा परेका छन् । उमेर नपुग्दै विवाह वन्धनमा वाधिने र छिट्टै वच्चा पाउदा घर धन्दा र आमाको जिम्मेवारीले गर्दा यहाँका छात्राहरु पढाई विग्रदो अवस्था रहेको छ ।
आमा,वावाको दवाव र देखा सिकीका कारण छिटो विहे गर्दा जिम्मेवारी वढ्ने समस्यले यहाँका छात्रा,छात्रको पढाईमा समस्य आएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताए । परिक्षामा सहभागी मध्य ३० प्रतिशत विवाहित भएको परिक्षा सहभागी केन्द्रध्यक्षले वताएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जाजरकोटमा ६४ माध्यमिक विद्यालयका १९ ओटा परीक्षा केन्दबाट ५ हजार ६ सय १५ विद्यार्थीले परीक्षा दिदैछन् । कुनै पनि विद्यालयले आफु अध्ययनरत विद्यालयबाट परीक्षा दिन पाउने छैनन् । परीक्षालाई मर्यादित र ब्यवस्थित बनाउने भन्दै शिक्षा विभागको परिपत्र अनुसार नै यो निर्णय विगत ४ बर्ष देखी लागु गरिदै आएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिहले बताए ।
परिक्षा नियन्त्रकले आफ्नो जिम्मेवारी विर्सदा
परिक्षामा चिटिङ्ग रोक्नु र अन्य अमयादित कामलाई नियन्त्रण गर्न कक्षा नियन्त्रकको व्यवस्था गरिएको हुन्छ । विद्यार्थीहको संख्यको आधारमा कक्षा नियन्त्रकको व्यवस्था गरि खटाएको हुन्छ । जाजरकोटका अधिकांश परिक्षा केन्द्रमा खटिएका कक्षा नियन्त्रकले आफै चिट चोराउने काम गर्दा समस्य भएको विद्यार्थीहरु वताउनछन् । विद्यार्थीहरुलाई उत्तर भनिदिने देखि खुल्याम चोरी गर्न दिने गरिएको छ ।
अनुगमणमा खटिएका कर्मचारी पत्रकार परिक्षा केन्द्रमा आएपछि चिट लुकाउ भनेर निर्देशन दिन कामको रुपमा कक्षा नियन्त्रकको काम रहेको पाईएको छ । जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह जगतीपुर परिक्षा केन्द्रमा पुगी विद्यार्थीहरुवाट चिट माग्दा भारी मात्रामा गेस पेपर विद्यार्थीले जिशिअलाई वुझाएका थिए । प्रहरीका अनुसार कर्मकाण्डी रुपमा गेटमा चेक गर्दा सवै गेस पेपर विद्यार्थीहरुले लिएका थिए ।





error: Content is protected !!