डोल्पाको एस.ई.ई परीक्षामा संञ्चारकर्मीलाई प्रवेश निशेष , जाजरकोटमा शान्तिपुर्ण तरिकाले सम्पन्न

दुनै(डोल्पा) ३ चैत्र
आज देशभर संञ्चालन भएको एस.ई.इ परीक्षामा डोल्पाको एक परीक्षा सेन्टरमा भने संञ्चारकर्मीलाई प्रवेश निशेध गरिएको छ ।
यहाँको जुफाल गाविसमा पर्ने आदर्श उमाविको परीक्षा सेन्टरमा संञ्चारकर्मीलाई प्रवेश निशेष गरिएको हो ।
समाचार संकलनकोलागी पुगेका संञ्चार कर्मीलाई प्रवेश नगराउनु भनि प्रशासनको आदेश भएकाले प्रवेश गराउन नसकिने आदर्श उच्च मावि जुफाल परीक्षा केन्द्रका केन्द्राध्यक्ष पुर्ण डाँगीले बताउनुभयो ।
सदरमुकाम दुनैमा रहेको अर्को परीक्षा केन्द्रमा भने संञ्चारकर्मीलाई प्रवेश गराईएकोले संञ्चारकर्मी विचपनि विभेद भएको पत्रकारहरुले गुनासो गरे ।
संञ्चारकर्मीलाई भवन नजिकै सम्म पनि प्रवेश निशेध नदिएपछि परीक्षा संकास्पद् हुनसक्ने पत्रकारहरुले ठोकुवा गरे ।
यता प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले दुई प्रकारको भनाई राख्नु भएको थियो ।संञ्चारकर्मीहरु संगको फोनमा मिडियालाई जिल्ला शिक्षा अधिकारी संग सहकार्य गरेर समाचार संकलन गर्न पाउने बताउनुभएको थियो भने उता केन्द्रा अध्यक्ष्य संग जे न्युज बनाउनुहुन्छ बनाउन दिनुहोस उहाँहरुलाई प्रवेश पट्क्कै नगराउनुस भनेर भन्नुभएको थियो ।
यता जिल्ला शिक्षा अधिकारीलाई पटक पटक फोन गर्दापनि फोन उठ्न सकेन् । डोल्पामा सरस्वती उमावि दुनै,आदर्श उमावि जुफाल र जनप्रभा उमावि लिकु गरेर तिन परीक्षा केन्द्रमा परीक्षा संञ्चालन गरिएको छ ।
तिनवटै सेन्टर गरेर नियमित तर्फ जम्मा ५८६ जना परीक्षार्थी सहभागी भएकाछन् ।
त्यसमा छात्रा २९१ छात्र २९५ रहेकाछन् भने पार्र्सीएल तर्फ जम्मा २८ जना रहेकाछन् ।जसमा १३ जना छात्रा १५ छात्र रहेकाछन् ।आज सुरु भएको पहिलो दिनको एस.ई.ई परीक्षामा ३४ जना परीक्षार्थी अनुपस्थित रहेका थिए ।जसम्ध्ये छात्रा तर्फ १५ र छात्र तर्फ १९ जना रहेका थिए ।
यसै विच जाजरकोटमा शान्तिपुर्ण तरिकाले सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयले वताएको छ ।










