हात्तीपाईले विरुद्ध चैत्र ५,६ र ७ गते औषधी खुवाईने

नरेश राना ,जाजरकोट  । जाजरकोटमा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान सञ्चालन हुँने भएको छ । यो अभियान चैत ५ गते देखि ७ गते सम्म सञ्चालन हुँने भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाको कुल जनसङ्ख्या १ लाख ८७ हजार नौं सय ५० मध्ये एक लाख ८० हजार एक सय ८९ जनालाई हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालयका महानगरी फोकल पर्सन कृष्णबहादुर खत्रीले बताए ।
उक्त अभियानलाई सफल बनाउनका लागि एक हजार कर्मचारी खटाइने छ । तीमध्ये स्वास्थ्यकर्मी, महिला स्वास्थ्यकर्मी अन्य स्वयं सेवक गरी जम्मा १२ सय ५० जना खटाईने जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख धिरजंग शाहले बताए ।





error: Content is protected !!