केन्द्र जिल्लावाटै वदलेको भन्दै स्थानीयहरु आन्दोलित

          हेमन्त के सी      त्जाजरकोट । राजपत्रमा प्रकासित भएको ठाउँ भन्दा जिल्लाका राजनैतिक दलले वैठक वसी केन्द्रको नाम वदलेको भन्दै त्रिवेणी नलगाड नगरपालिकाका स्थानीयहरु आन्दोलित भएका छन् ।
राजपत्रमा त्रिवेणी नलगाड नगरपालिकाको केन्द्र खगेनकोटको मन्मैमा तोकिएको थियो । चैत्र १ गते सदरमुकाममा वसेको दलिय वैठकले राजपत्रमा प्रकासित भएको ठाउँ भन्दा विभेद पुर्ण तरिकाले दल्लीमा तोकेपछि यहाँको रग्दा , भगवतीका स्थानीयहरु आन्दोलित भएका हुँन् । साविकका रग्दा ,भगवती ,खगेनकोट , लहँ र डाडागाउँ गाविसको विच सेन्टरमा मन्मै पर्ने भएपनि अहिले दलिय वैठकले दल्लीमा सारेपछि स्थानीयहरु आफुलाई अनुकुल नपर्ने भन्दै आन्दोलित भएका हुँन् । आन्दोलित स्थानीयले दल्लीवाट नगरपालिकाको वोर्ड कव्जामा लिएको रग्दाका वुद्धीवहादुर वस्नेतले वताउनुभयो ।

उहाँले कुनै पनि हालतमा अन्ययपुर्ण निर्णय कार्यान्वयन हुँन नदिने वताउनुभयो । केही दलका नेताको स्वार्थका कारण केन्द्र वदलेको भन्दै उहाँले सवै भन्दा दुर्गममा रहेका रग्दा र भगवतीले स्थानीय चुनाव पनि केन्द्र नवदले सम्म भाग नलिने समेत चेतावनी दिनुभयो । सवैको पायक पर्ने ठाउँमा रहेको केन्द्रलाई जिल्लाका केही मान्छे वसेर वदल्ने अधिकार समेत कसैले नदिएको उहाँले वताउनुभयो ।
त्यस्तै नेपाली कांगेसका क्षेत्रिय सभापती छवि पन्तले अन्यय भएको भन्दै फेसवुकमा आक्रोष व्यक्त गनुभएको छ ।

               नेकपा (माओवादी केन्द्र)का दोस्रो तहका नेताहरु केन्द्र वदल्नु भनेको जनतालाई मर्कामा पार्नु हो भन्दै आन्दोलनको नेतृत्व गरिरहेको जिल्ला कमीटीका सदस्य नारायण खत्रीले वताउनभयो । विहिवार नै नगरपालिकाको कार्यालय उद्घाटन हुँने भनिएपनि विवादका कारण आन्दोलनमा उत्रिएका जनताले मन्मैमा वोर्ड राखेर नगरपालिकाको कार्यालय उद्घाटन गरेको खत्रीले वताउनुभयो ।

आन्दोलनमा उत्रिएका स्थानीयले आफै मन्मैमा कार्यालय उद्घाटन गरेका छन् । जनताको जाहेज मागलाई यहाँका दलहरुले पनि साथ दिएको पाईएको छ । दल्लीका केही स्थानीयले नगपालिकाका कर्मचारीलाई कव्जामा लिएर मन्मैमा आउन नदिएका छैन्न । सभाषद रित्ता रावल लाई आन्दोलनकारीले जनताको माग वुझदै , वैधानिक काम गर्न अनुरोध समेत गरेका छन् । हजारौको संख्यमा रहेका स्थानीयले मन्मैमा कार्यालय खोली भोली देखी काम सुरु गर्ने समेत वताएका छन् । अट्यार गर्ने विरुद्धमा जस्तो सुकै संर्घष गर्न परेपनि पछी नपर्ने वताएका छन् ।





error: Content is protected !!