सरकार र मोर्चाबीचको वार्ता निष्कर्षमा पुगेन, अब के गर्छ मोर्चा

 काठमाण्डौँ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमांकनबाहेकका विषयमा संविधान संसोधन गरी निर्वाचनमा जान आग्रह गरेका छन् ।  बुधबार बिहान सिंहदरबारमा बसेको मधेसी मोर्चा र सरकारबीचको बैठकमा प्रधानमन्त्रीले सीमांकनबोकका बुँदा पारित गर्ने आश्वासन दिएका थिए ।

मोर्चाको बैठक बसेर मात्र निर्णय गर्ने बताइएको छ ।
सप्तरी घटनामा ५ जनाको ज्यान गएपछि मोर्चाले सरकारलाई दिएको समर्थन फिर्तासँगै ५ बुँँदे मागसमेत पेश गरेको थियो । सरकारलाई दिएको समर्थन आजबाट सकिँदैछ ।
आन्दोलनमा जाने वा सहमति गरेर निर्वाचनमा जाने भन्नेबारे मोर्चाको आजको बैठकले निर्णय गर्ने मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिएका छन् ।





error: Content is protected !!