वस दुर्घटनामा मृत्यू हुँनेको संख्य २६ पुग्यो,पिडितद्धारा आन्दोलन


हेमन्त के सी
जाजरकोट । जाजरकोट खलंगा वाट साल्मा ५ खाराको लागि जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बाहक बस दुर्घटना हुँदा मृत्यू हुनेको संख्य २६ पुगेको छ । यहाँको भेरी मालिका नगरपालिका ४ बोहरागाउँ सिमी चौतारा नजिकैको मोडमा ४ सय मिटर तल खसी दुर्घटना भएको प्रहरी नायव उपरिक्षक भावेश रिमालले जानकारी दिनुभयो । उद्धारमा नेपाली सेना र सशस्त्र प्रहरी , वाईसिएल टोली घटनास्थलमा खटि घाईतेहरुको उद्धार गरिएको थियो ।
उक्त बसमा सवार रहेका ६२ जना यात्रुहरु मध्ये घटनास्थलमा ९ जना, उपचारको क्रममा जाजरकोट अस्पतालमा ल्याईएका घाईतेहरु मध्ये १६ जना र मिसन हस्पिटल चौरजहारी रुकुममा १ जना गरी २६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाईतेहरु मध्ये जिल्ला अस्पताल जाजरकोटमा ६ जना र मिसन हस्पिटल रुकुम चौरजहारीमा ८ जनाको उपचार भई रहेको, चौरजहारी बाट १७ जना घाईतेहरुलाई थप उपचारको लागी हेलिकप्टरमा विहिवार राती ११ वजे नेपालगंज लगिएको थियो । चालक टोप बहादुर चन्द सहित ५ जना घाईतेहरुलाई गाडी द्धारा नेपालगंज तर्फ उपचारको लागी पठाईएको थियो । मृतकहरु मध्ये २३ जनाको सनाखत भएको छ । ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले वताएको छ ।
२३ वटा लासको सनाखत
लासको सनाखत हुँनेमा ३१ वर्षीय लहँ ४ का राम बहादुर वस्नेत, साल्मा ५ का ५० वर्षीय नन्दलाल जैसी, सिमा ९ का २१ वर्षीय मदन पुन,भेरीमालिका नगरपालिका १० का १३ वर्षीय सन्तोष राना ,भेरीमालिका नगरपालिका ११ का २७ वर्षीय गोपाल सुनार, भेरीमालिका नगरपालिका ११ का २८ वर्षीय सर्मिला सुनार, भेरीमालिका ४ का २५ वर्षीय गणेश वोहरा ,भेरीमालिका ४ का २१ वर्षीय नविन चन्द रहेको छन् । त्यस्तै भेरीमालिका नगरपालिका ३ की २६ वर्षीय शान्ता सुनार ,दशेरा १ का २८ वर्षीय दिल बहादुर वुढा , रुकुम चौरजहारी ४ का ५८ वर्षीय कृष्ण गिरी , दशेरा २ का २९ वर्षीय मनिराम जैसी, भेरीमालिका नगरपालिका १२ का ५४ वर्षीय बहादुर भनारी, मजकोट ७ का दले तिरुवा , भेरीमालिका नगरपालिका १३ का ४२ वर्षीय हिउसरा गिरी,सुईकोट सल्यानका उदय वुढा , भेरीमालिका नगपालिका ११ का गोप्ली सुनार, पजारु ८ का ४८ वर्षीय नैन दमाई, भेरीमालिका नगरपालिका ८ चैते खत्री, जुगाथापाचौर ५ का भरत वि.सी., गर्खाकोट ४ का ५६ वर्षीय हरी बहादुर शाही र साल्मा ५ का आईते कामी र जिते कामी को लास सनाखत भएको छ । अन्य तीन जना सनाखत हुँन वाँकी रहेको प्रहरीले वताएको छ ।
नेपालगन्ज १६ जनालाई घाईतेको उपचार जारी
रुकुमको चौजहारीवाट नाईट भिजन हेलिकप्टर मार्फत विहिवार राती ११ वजे नेपालगन्ज उपचार लागि १६ जना विरामीहरु लिएर उपचार कार्य जारी रहेको छ । नेपालगन्जमा उपचार भईरहेका घाईतेहरुमा भेरीमालिका नगरपालिका ११ का ३२ वर्षीय लक्ष्मी हमाल, भेरीमालिका नगरपालिका १३ का ४ वर्षीय प्रताप गिरी ,भेरीमालिका नगरपालिका ११ का ६ वर्षीय पुनम सुनार, भेरीमालिका १३ का ५५ वर्षीय टिकाराम रावत, सिमा ४ का २६ वर्षीय मान बहादुर थापा , भेरीमालिका ११ का ५ वर्षीय दिनेश बि.क, भेरीमालिका नगरपालिका १३ का २१ वर्षीय सुजन गिरी, भेरीमालिका ९ का ३५ वर्षीय दिल भन्ने निल बहादुर राना, भेरीमालिका . ११ का ३० वर्षीय शन्तोष मल्ल, मजकोट ७ का ४० तुले तिरुवा , दशेरा ३ का ४५ वर्षीय वर्षीय सुरेन्द्र थापा , सुवानाउली ७ का ४५ वर्षीय जैसरा रावत, चौरजहारी १ रुकुम ४७ वर्षीय दत्तु गिरी , साल्मा ५ का ३३ वर्षीय वुदे कामी , भेरीमालिका नगरपालिका ३ का १ वर्षीय पृथ्वी सुनार रहेका छन् । त्यस्तै नामनखुलेको नावालक बच्चा अन्दाजी १० महिनाका, भेरीमालिका नगरपालिका ११ का २३ वर्षीय राम बहादुर गन्दर्भ रहेका छन् ।
गएराती गाडीमा उपचारका लागि लागेका घाईतेहरु
गाडीमा नेपालगन्ज उपचार लागि लिईएका विरामीहरु सिमा ९ का २७ वर्षीय टेकेन्द्र पुन, सिमा ४ का ४३ वर्षीय चुकिलाल नेगी , भेरीमालिका ४ का टोप बहादुर चन्द (चालक) , भेरीमालिका नगरपालिका १० का २५ वर्षीय लक्ष्मण राना, सिमा २ का २१ वर्षीय चन्द्र बहादुर घर्ति रहेका छन् ।
रुकुमको चौरजहारी मेसन हस्पीटलमा उपचार भई रहेका घाईतेहरु
रुकुमको चौरजहारीमा उपचार भईरहेका विरामीहरुमा कार्कीगाउ ७ का ३४ वर्षीय प्रसाद नेपाली, भेरीमालिका ११ का २४ वर्षीय हरिकला परियार , पजारु ८ का २४ वर्षीय डिला दमाई , भेरीकालिका नगरपालिका ११ का २० वर्षीय विमला परियार, भेरीमालिका नगरपालिका १३ का ३२ वर्षीय टेक बटाला , भेरीमालिका ८ का ५० वर्षीय तुले कठायत, मजकोट ७ का ५५ गोरी तिरुवा, सिमा ३ का ४७ वर्षीय कालो वादी भन्ने कर्ण वादी रहेका छन् ।
जाजरकोट अस्पतालमा उपचार कार्य जारी रहेका घाईतेहरु
भेरीमालिका नगरपालिका १२ का २५ वर्षीय चन्द्र बहादुर भारती , दह ९ का ४२ वर्षीय गौरी शाही, भेरीमालिका नगरपालिका ११ का २१ वर्षीय नैनसरा वुढा, कार्कीगाउ ३ का १९ वर्षीय विना कुमारी खत्री, भेरीमालिका नगरपालिका ११ का २१ वर्षीय तुलविर पुन , दह ९ का ३५ वर्षीय पानसरा शाही रहेका छन् ।
पुर्व गृहमन्त्री वस्नेतद्धारा दुख व्यक्त
पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र न १ का सभाषद शक्तिवहादुर वस्नेतले गएरात्ती जाजरकोट अस्पतालमा पुगेर विरामी संग भेट गदै सम्पुर्ण उपचार र क्षेतिपुर्तीको व्यवस्था गर्न आफु लागेको वताउनुुभयो । मृतकका परिवारलाई यो शोक ,दुखका गडीमा धर्यधारणा गर्ने शक्ति मिलोस भन्दै श्रादान्जिली समेत व्यक्त गरेका छन् । नियमित यातायातका साधनरु जाँच गर्नुपर्ने , थोत्रा सञ्चालनमा रोक लगाउनुपर्ने , योग्यता पुगेका दक्ष चालकलाई मात्र यातायातका साधनहरु चलाउने व्यवस्था कडाई पुर्वक लागु गरिनुपर्ने उहाँले वताउनुभयो ।
पिडितद्धारा आन्दोलन
उचित क्षेतिपुर्ती ,समग्र यातायात क्षेत्रको सुधारको माग गदै यहाँका पिडितहरुले आन्दोलन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय वाट निकालिएको ्याली ठाँटीवजार हुँदै जिल्ला प्रशाषण कार्यालयमा गई कोण सभा गरी सकिएको छ । लासलाई घर सम्म लिने व्यवस्था गरिनुपर्ने , उर्चित क्षेती पुर्ती हुँुनुपर्ने लगाएका माग रहेका छन् ।










