वर्षेनी जाजरकोटीलाई पिडा , गाडी दुर्घटनामा मृत्यू हुँनेको संख्य २६


हेमन्त के सी
फागुन २६ जाजरकोट । जाजरकोट सदरमुकामवाट साल्मा ५ खारा तर्फ गईरहेको ना ३ ख २२७९ नंम्वरको यात्रुवहाक वस पासागाड खोलामा दुर्घटना ग्रस्त भएको छ । भेरी मालिका नगरपालिका को वडा नं ४ पासागाड माथी घुमाउरो सडकवाट झण्डै ४ सय मिटर भन्दा तल खसेर दुर्घटना ग्रस्त भएको हो । २५ जना यात्रुहरुको मृत्यू भएको छ भने ३५ जना घाईतेको प्रहरीले वताएको छ । सदरमुकामको वसपार्क शान्ति चौतारावाट ४३ जना यात्रु लिएर वाटोमा थप यात्रुहरु हालेको घाईतेको भनाई छ । अहिले सम्म १५ जनाको सनाखत भएको प्रहरीको भनाई छ ।
सनाखत हुँनेहरुमा गणेस वोहरा भेरीमालिका नगरपालिका ४ , शान्त सुनार भेरीमालिका नपा ३ , गोपाल सुनार भेरीमालिका ११ , डिलवहादुर वुढा दसेरा १ , मदन पुन सिमा ९ , रामवहादुर वस्नेत लहँ ४ , नदिल चन्द भेरीमालिका ४ , सन्तोष चन्द भेरीमालिका १०, नन्दलाल जैसी साल्म ५ , शमिला सुनार भेरीमालिका ११ , वहादुर भण्डारी भेरीमालिका ११ ,कृष्णवहादुर गिरी चौरजहारी नपा रुकुम , मनिराम जैसी दसेरा २ , नैने दमाई पजारु ८ , दले तिरुवा मजकोट ७ , हरीवहादुर शाही गर्खाकोट ४ रहेका छन् । अन्य मृतकको नाम खुल्न सकेको छैन ।
घाईतेहरु यसो भन्छन् । विना कुमारी खत्री कार्कीगाउँ ३
सदरमुकामवाट वाट हामीलाई सिट नभएका कारण एउटै सिटमा तीन जना लाई जवरजस्ती राखेर लिएका थिए । खलासीले प्रहरीलाई नभन्नु भनि यात्रुलाई हप्काएको थियो । वसपार्कवाट अलि पर ३ मिनेट पर खोलामा गएपछि दर्जन भन्दा वढी मान्छे गाडीको कोलीया भरीभराउ हुँने गरी हालेर जथाभावी वस हुकाएका थिए । हामीले धेरै नहुक्याउ भन्दा पनि केही मानेनन् । एक्कासी २० मिनेटमा वोहरा जजिक मोडमा पुग्दा वस मोड्नुपर्ने ठाउँमा सिधै पर्खाल वाहिर गयो । वस चलाउने मानिसले रक्सी खाएको जस्तो पनि देखिन्थ्यो । यात्रुहरु किलाकोच गरी वसमा वस्दा सास फेर्ने ठाउँ सम्म थिएन । अर्का रोकायगाउँ गाविसका विचव टिकाराम रावतका अनुसार वस तिव्र गतीमा रहेको थियो । मानिसहरु धेरै हालेका कारण टाउँको समेत ठाडो गरेर वस्ने अवस्था थिएन । वच्चा रोईरहेका थिए किल्लाकोच हुँदा । सहायक चालकलाई धेरै मानिस किन राखेको भाई भन्दा सवै यात्रुहरु जाँनै खोज्छन् के गर्नु भनेर जवाफ फकाए ।
जाजरकोटका रहेका पुर्व गृहमन्त्री यो घटना दुखद भएको भन्दै यातायात व्यवसायीको दादागिरी र अनुशाषण हराएका कारण यस्तो भएको वताउछन् । यातायात क्षेत्रमा सुधार हुनुपर्ने र यो भोलीवहसको कुरा भएको वस्नेतले वताए । केन्द्रवाट उद्धारको लागि जति पहल लिनुपर्ने हो त्यो पनि कम भएको उनले वताए । पटक पटक जाजरकोटमा यस्ता भयानक वस दुर्घटनाले गर्दा अव यात्रा गर्न पनि डर लाग्ने अवस्था आएको यात्रुहरु वताउछन् । घाईते भएका विरामीहरु यम्वुलेन्स देख्दा खेरी नै डराउने गरेको पाईएको छ । यातायात साधन देख्न वितिकै चिच्याउने कराउने र चढ्न नमान्ने गरेको विरामीका कुरुवा मजकोटका काँसी न्यौपानेले वताए ।
राती सेनाको हेलिकप्टरले घाईतेको उद्धार गर्ने तयारी
नेपाली सेनाको हेलिकप्टर वाट रुकुमको चौरजहारी विमानस्थल मा राती नै विरामीको उद्धार गर्ने तयारी भईरहेको छ । काठमाण्डौँ वाट उडेको हेलिकप्टर प्यूठान पुग्दा चट्याग र हावाहुरीले गर्दा रोकिएको प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदिप आचार्यले वताए । हेलिको लागि प्रयास जारी रहेको उनको भनाई छ । यो समाचार तयार पर्दा सम्म हेलिको प्रतिक्षामा चौरजहारी विमान स्थलमा २७ भन्दा वढी विरामी लिईएको छ । २०७१ मंसिर ४ गते वस दर्घटना हुँदा ५२ जनाको मृत्यू भएको थियो ।
मुख्य सडक नै मापदण्ड अनुसार छैन
छिन्चु जाजरकोट सडक खण्डको सडक नै मापदण्ड अनुसार नरहेको पाईएको छ । डवल यातायाका साधनहरु हिड्न नमिल्ने साँघुरो रहेको छ । सडकको कालोपत्ते समेत ठाउँ ठाउँमा भत्किएर दुर्घटनको जोखिम रहेको छ । गाडी दुर्घटना भएको ठाउँमा समेत डवल सिगल गाडी समेत मोड्न धौ धौ पर्ने ठाउँ रहेको छ ।विरामीको अवस्था वझन पुर्व गृहमन्त्री शक्ति वस्नेत हस्पीटलमा पुगेका छन् । प्रधानमन्त्री संग छिटो उपचारको व्यवस्था गर्न उनले अनुरोध समेत गरेका छन् ।





error: Content is protected !!