चुनाव रोकेर देश डुवाउन वाह्य शक्ति लागेको शक्ति वस्नेत

हेम
न्त के सी
जाजरकोट । पुर्व गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्रका) का नेता शक्तिवहादुर वस्नेतले संविधान विरोधी तत्वले चुनाव रोक्न अधिकतम्र प्रयास गरेको वताउनुभयो ।
यो संविधानलाई जसरी भएपनि कार्यान्वयन गर्न नदिने र आफ्नो अनुकुलको अवस्था सिर्जना सवै खालका प्रयास जारी रहेको उहाँको वताउनुभयो । प्रेस सेन्टर नेपाल जाजरकोटले गरेको पत्रकार सम्मेलनमा वस्नेतले यस्तो वताउनुभएको हो । संविधान वचाउनका लागि जसरी पनि चुनाव हुँने त्यो चुनावमा मधेरी पनि सहभागी हुँने उहाँको जिकिर रहेको छ । चुनावको महोल वन्दै गएको अवस्थामा मधेस गएर नेकपा एमालेले आगोमा घ्यू थपेको उहाँको भनाई छ । मधेसमा प्रचारप्रसा र आमसभ गर्न पाउँनु सवैको अधिकार भएकाले त्यसलाई रोक्न खाज्नु मधेसी मोर्चाको राजनैतीक चरित्र नभएको उहाँको आरोप छ ।
संविधान कार्यान्वन हुँन नदिने र देशलाई दुर्घटना निमत्यउन केही छिमेकी समेत लागेको उहाँको आरोप छ । वाईसिएल नेपाल जाजरकोटको कार्यक्रम उद्धघाटनका लागि उहाँ विहिवार जाजरकोट पुग्नुभएको हो ।
अघि वढ शक्ति दा साथ हामी दिने छौ ?
सयौको संख्यमा जाजरकोट सदरमुकाम आएका वाईसिएलका कार्यक्रताले अघि वढ शक्ति दा साथ हामी दिने छौ भन्दै वजारपरिक्रमा गरेका छन् । विकासको लागि जाजरकोटको एक मात्र नेता र केन्द्रिय स्तरमा जाजरकोट परिचय दिन सफल एक मात्र शक्ती वस्नेतलाई यहाँका यूवाहरुले साथ दिने प्रतिवद्धता जाहेर गरेका हुँन् । यो वर्ष मात्र जाजरकोट थप ४५ करोड भन्दा वढी वजेट आएर विकास निर्माणले तिव्रता लिएको छ ।










