पत्रकार कार्कीको नजरमा सेक्स बायोलोजिकल निड

 जाजरकोटमा डेढ दशक देखी पत्रकारितामा क्रियाशिल बरिष्ठ पत्रकार , नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य , पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष तथा अन्नपुर्ण पोष्ट दैनिकमा आवद्ध भेरीमालिका नगरपालिका २ निवासी राजेन्द्र कार्की सँग भेरीखवरको शनिवारे कुराकानी ः       
के छ खवर ?
ठिकै छ ।
आजभोली के मा ब्यस्त हुनुहुन्छ ?
आजभोली अध्यापन र लेखन कार्यमा ब्यस्त छु । केही समय पहिले पत्रकार महासंघको चुनावमा ब्यस्त भईयो ।
तपाई जन्मिनुभएको हो कि जन्माइएको हो ?
जन्मिएको र जन्माईएको दुवै हो ।
तपाइको जन्म कसका निम्ति ?
सृष्टिको निरन्तरताका लागी ।
कलेज पढदा कत्तिको आए लभलेटर ?
आए अलिअलि
आमा र प्रेमिका मध्य एक जनालाई रोज्दा ?
आमा
तपाई हिड्दै गर्दा बाटोमा ५ केजी सुन भेटाउनु भयो भने के गर्नुहुन्छ नि ?
काल्पनिक कुरा नगरौ ।
राज्यले तपाईलाई सञ्चारमन्त्री बनाईदियो भने तपाईको पहिलो प्राथमिकता के हुन्छ ?
राज्यले मन्त्री बनाउने कुरा भन्दा क्षमताले हुने कुरा हो । यदि म सञ्चारमन्त्री भने सञ्चार क्षेत्रमा आमुल परिवर्तन आउने गरि काम गर्छु र सञ्चारकर्मी भएको नाताले पत्रकार र पत्रकारिकताको विकासमा ठोस पहलकदमी लिन्छु ।
तपाईको मनपर्ने खाना ?
मलाई सामान्य नेपाली आग्र्यानिक खाना मन पर्छ ।
डान्सवारमा कत्तिको जानु भो नि ?
गईयो दुईचार पटक
मनपर्ने संगित
विशेष गरी नेपाली लोक संगित मन पर्छ ।
मनपर्ने कपडा
सुट
मन पर्ने ठाँउ
जन्मस्थान
मनपर्ने ब्यक्ति
स्व.विपी कोइराला
सेक्स प्रतिको तपाईको धारणा के छ ?
सेक्स बायोलोजिकल निड
नेपालमा सेक्स स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा कि विपक्षमा ?
विपक्षमा
जिन्दगीमा सवैभन्दा मजा के गर्दा आउँछ ?
मैले गरेको कामबाट कसैको जीवनमा सकारात्मक प्रभाव परेमा ।
जिन्दगीमा भूल्नै नसकेको क्षणलाई सम्झँदा
म सानोमा हुँदा एकपटक लुकेर सुर्ती खाँए । खानेवित्तिकै मलाई बान्ता भयो त्यसपछि अहिले सम्म छोएको पनि छैन र सुर्ती खाने मान्छे पनि मन पदैन ।
कहिले काँही यो पत्रकारीता पेशामा किन लागिएछ जस्तो लाग्दैन ?
कहिले काँही लाग्छ नि समाजले सही मूल्यांकन नगरिदिदा र सवै पत्रकारलाई एउटै टोकरीमा राखेर गरिने विश्लेषण देखी तर मैले लेखेको समाचारकै कारण धेरैको जिवन बचेको छ । सहयोग पाएकाका छन् । आवाज विहिनका आवाज पत्रकारिताको माध्यामबाट सम्बन्धित निकायको ध्यानाकर्षण गराईएको छ । मेरो पत्रकारिता जीवननिर्वाहको लागी भन्दा समाजसेवाका लागी भैरहेको छ । यस मानेमा मलाई गर्व लाग्छ ।
तपाईको अगाडी साक्षत् भगवान प्रकट भएर कुनै दुई चिज माग भने के के माग्नुहुन्छ ?
यो कुरामा म त्यति विश्वास त गर्दिन यद्यपी नेपाल र नेपालीको उन्नती प्रगति तथा संबृद्धि र नेपाली नेताहरुको सदबुद्धि प्राप्त होस यही कामना गर्छु ।
तपाई मरेर भूत भएपछि कसलाई तर्साउनु हुन्छ ?
मलाई यस कुरामा विश्वास लाग्दैन । तर्साउनु परे जीवित छदै तर्साईन्छ नि हिहि…





error: Content is protected !!