ब्राउनसुगरसहित दुई जना पक्राउ

कविता शाही
सुर्खेत । प्रहरीले गढीको छेडाबाट दुई जनालाई अबैद्य लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । विहीबार अस्थाई प्रहरी बिट गोठिकाँडाबाट खटिएको प्रहरी टोलीले गढी–३ स्थित छेडा चेक पोष्टमा चेकजाँच गर्ने क्रममा दैलेखको नारायण नगरपालिका–६ का २३ वर्षका ललित चन्द र सप्तरी महलमा–६ घर भई दैलेखको नागरायण नगरपालिका–६ बस्ने २२ बर्षका सुमन चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३ सय ९० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर फेला पारेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष शाखाले जनाएको छ ।





error: Content is protected !!