डोल्पा क्याम्पसमा अखिल(क्रान्तिकारी)विजयी

रमचन्द्र न्यौपाने
डोल्पा । सदरमुकाम दुनै स्थित डोल्पो क्याम्पसमा आज सुक्रवार भएको स्ववियु चुनावमा मावबादी केन्द्र निकट अखिल(क्रान्तिकारी)विजयी भएको छ ।

उक्त चुनाबमा एमाले निकट अनेरास्ववियुका प्रतिसपर्धी चन्द्ररुप धरलालाई हराउँदै जयबहादुर रोकायले २४ मत ल्याएर विजयी हुनुभएको हो ।प्रतिसपर्धि धरलाले भने ११ मतमात्रै ल्याउनु भएको थियो ।उक्त चुनावमा जम्मा ४० मतमा ३५ वटा मत मात्र खसेको थियो ।
क्रान्तिकारीका नन्द प्रसाद केसीले २३ मत ल्याएर कोषाध्क्षमा,ने.वि संघका दुर्गा रोकायले २१ मत ल्याएर सचिवमा,ने.वि संघकै हरी प्रसाद रोकाय सदस्यमा,क्रान्तिकारीका युवराज वि.क सदस्यमा क्रान्तिकारी ने.वि संघको संयुक्त प्यानलनै विजयी भएको अखिल क्रान्तिकारीका जिल्ला ईन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य योगेन्द्र बुढाले जानकारी दिनुभयो ।

उक्त चुनावमा अनेरास्ववियुका कोषाध्क्ष हस्त रोकायले १२ र सचिव दु्रपती बोहोराले १४ मत ल्याएर पराजयहुनु भएको थियो ।
नव निर्वाचित स्ववियु सभापती रोकायले सर्वप्रथमा क्याम्पसमा शिक्षाको गुणस्तर सुधारकालागि लागीपर्ने बताउनुभयो ।त्यसपछि क्याम्समा थप भौतिक संरचना निर्माणकालागि आवाश्यक कार्यगर्ने उहाँको भनाई छ ।

उक्त क्याम्समा भईरहेको आर्थिक अनियमितताको विषय जिल्लामा व्यापक भईरहेकाले यसलाई रोक्नकालागि आवाश्यक प्रक्रिया अगाडी बडाउनु निर्वाचित समुहको तस्रो कामहुने समेत रोकायले बताउनु भयो ।रामचन्द्र न्यौपाने





error: Content is protected !!