ढिके नुनकै भरमा जाजरकोटका गाउँहरु

जाजरकोट । जाजरकोटको उत्तर पुर्व क्षेत्रमा स्थानिय वासीन्दाहरु गुणस्तरहीन नुन खान बाध्य छन् । सरकारी सहुलियतको आयोडिन युक्त नुन गाउ“मै नपुग्दा यहा“का स्थानीहरु ढिके नुनमा निर्भर हुनुपर्ने वाध्यता छ । साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत सरकारले सहुलियत मूल्यमा उपलब्ध गराउ“दै आएको आयोडिन युक्त नुन दुर्गम बस्तीमा नपाईने भएकाले ढिके नुन स्थानीय प्रयोग गर्न वाध्य भएको बताउ“छन् ।
जिल्लाका अधिकांश गाविसमा पुग्दैन आयो नुन
जिल्लाका नायकवाडा,रामीडाडा,रोकायगाउ,सक्ला,खगेनकोट,रग्दा,भगवती, पजारु,दह,लगाएत १८ भन्दा वढी गाविसका स्थानीयले सहुलियतको नुन प्रयोग गर्न नपाएका हुँन् । सरकारले उपलब्ध गराउने नुन गाउ“मा लैजान समेत उपभोतmालाई सजिलो छैन । यी गाविसबाट सदरमुकाम पुग्न २ देखि ५ दिन पैदल हि“ड्नुपर्छ । नुनकै लागि साता लामो यात्रा सम्भव नभएकाले वजारमा पाईने आयोडिन नभएको ढिके नुन ल्याएर प्रयोग गदै आएको नायकवाडा ७ का प्रेम शाहीले वताउनुभयो ।
जाजरकोटका दुर्गम स्थानमा रहेका स्थानीयहरु रुकुम जिल्लाका राडी,चोरजहारी, जाजरकोटको कालीमटी,थलह,मोर्क लगाएतका ठाउँवाट ढिके नुन लिएर खाना वाध्य भएको भगवतीका तेजवहादुर सिंहले वताउनुभयो । बजारमा ढिके नुन प्रयाप्त मात्रामा बिक्री हुने गरेको नायकवाडा ७ का पृथ्वी विक्रम शाहीले वताउनुभयो । सडक यातायातको सुविधा नपुगेका यी गाविसमा वर्Èाको समयमा पैदल बाटो समेत बन्द हुने गर्छ ।
पुर्वका स्थानीयहरु सदरमुकाम भन्दा नजिक पर्ने रुकुमको राडी,चिसापानी,रिम्ना ,गएर नुन र दैनिक उपभोग्यवस्तु ल्याउने गरेका छन् । नुन लिन सदरमुकाम गए चार दिन लाग्छ, रुकुमका वजारमा गए आयोडिन नभएपनि ५÷६ घन्टामै आउने जाने हुन्छ खगेनकोट ५ का नेवहादुर खत्रीले जानकारी दिनुभयो ।
यो Ôेत्र जोड्न खलंगा–रिम्न हुदै भगवती सम्म सडक निर्माणधीन छ । ६० किमी सम्म ट्रयाक खोल्ने लक्ष्य पुरा भए पनि भेरी नदिमा पुल नभएकोले कारण पुर्वमा समस्य छ । उत्तरपुर्वमा भने सडक नै निर्माण गरिएको छैन । सदरमुकाम सम्म आयोडिन यूक्त नुन सहज रुपमा उपलब्ध हु“दै आए पनि गाउ“सम्म पुग्दैन । सदरमुकाममा ९ रुपैया पर्ने आयोडिन यूक्त नुन जाजरकोटका केही वजारमा सिमित मात्रमा पाईने आयो नुन ३५ रुपैयामा किन्न पाईन्छ । तोकिएको मुल्य भन्दा चारभाग बढी भाडा पर्ने स्थानीय बताउ“छन । यहाँका स्थानीयहरु साल्ट ट्रेडिङ कर्पोरेशन शाखा गाउमा विस्तार गरिए मात्र सवैका लागि आयोडिन यूक्त नुन खाना पाउने वताउँछन् ।
आयोडिन नुन प्रति गलत धारणा
ग्रामीण क्षेत्रमा वसोवास गर्ने स्थानीयहरु आयोडिन यूक्त नुन प्रयोग गरेमा शरिर चिलाउने , शरिरमा दाग आउँने जस्ता गलत वुझाईका कारण वढी ढिके नुन प्रयोग गर्न वाध्य भएका छन् । पशुचौपायलाई जुम्रा पर्ने मानिसलाई आयोडिन यूक्त पोकाको नुन प्रयोग गरेमा शरिर चिलाउने गलत वुझाईले थप समस्य आएको पंञ्च भयार माविका शिक्षक वीरवहादुर खत्रीले वताउनुभयो । आयोडिन यूक्त नुन प्रयोग गरेमा हुने फाईदाका विषयमा अधिकांश स्थानीयहरु जानकार नहुँदा यसको प्रयोगमा समेत वाधा पुगेको छ । गाउँ ,गाउँमा आयो नुनका विषयमा जनचेतना फैलाउन सकेमा प्रयोग गर्नेको संख्य वढ्ने जिल्ला स्वास्थ्य कार्यालयका रामवहादुर थापाले वताउनुभयो । आयोडिन नुन प्रयोग गर्ने अधिकांश वजार क्षेत्र र सदरमुकाम संगै सदरमुकाम आसपासका क्षेत्रमा वसोवास गर्ने स्थानीयहरु मात्र उपभोग गर्न पाएका छन् । उपभोग गर्ने मध्यले पनि सहि रुपमा उपभोग गर्न नजाँनेको पाईएको छ । आयोडिन नुन पोका भित्र वाट खोल्न वितिकै वन्द भाडोमा राख्नुपर्ने हुन्छ । वन्द भाडामा राखेमा आयोडिन यूक्त नुन वाट आयोडिन उड्न नदिन यस्तो गर्ने गरिन्छ । तर यहाँका अधिकांश ठाउँमा पोका खोलेर खुल्लै राख्दा आयोडिन सवै उड्ने गरेकोस्वास्थ्यकर्मीको भनाई छ ।
हेमन्त केसी रासस










