१३ बर्षीया अपाङ्ग बालिका माथि बलत्कार

फागुन जाजरकोट ः यहाँको भेरीमालिका नगरपालिकाकी १३ वर्षीय एक वालिका वलत्कृत भएकी छन् । वलत्कारको अभियोग लागेको भेरीमालिका नगरपालिका ११ मटेलाका इन्द्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो बालिकालाई फकाएर नजिकै रहेको मटेला स्थित भेरीनदीको किनारमा लगेर बलत्कार गरेको पीडित वालिकाका बाबुको वताएका छन् ।
सुस्त मनस्थिति भएकी बालिका स्थानीय विद्यालयको सात कक्षामा अध्ययनरत छिन् । बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टमा बलात्कृत भएको पुष्टि भएको चिकित्सकले बताएका छन् ।
पीडित पक्षले जर्बजस्ती करणी उद्योगमा किटानी जाहेरी सहित प्रहरी कार्यालयमा मुद्दा दायर गर्ने तयारी गरेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । यस अघि केही महिना अगाडी मात्र जिल्लाको झाप्राकी १४ बर्षीय बोल्न नसक्ने अपाङ्ग बालिका बलत्कृत भएकी थिइन् ।
हेमन्त के सी रासस





error: Content is protected !!