५ सय टन लगेजसहित साउदी राजाको एसिया भ्रमण

एजेन्सी
एकमहिने एसिया भ्रमणमा राजासँगै १५ सय डफ्फा, दुईवटा विद्युतीय लिफ्ट र दुईवटा मर्सिडिज रियाद सानका साथ कसरी भ्रमण गर्ने भन्नेबारे सम्भवतः साउदी राजाजस्तो अरूलाई थाहा नहुन सक्छ । आधा शताब्दीपछि साउदीका राजा सलमान बिन अब्दुल अजिज अल साउद आफ्नो नौदिने भ्रमणका क्रममा मुस्लिम मुलुक इन्डोनेसिया पुगेका छन् । भ्रमणका क्रममा राजाले जाकर्ता, पश्चिमी जाभा र पर्यटकका लागि महत्वपूर्ण टापु बालीमा आफ्नो केही समय बिताउनेछन् । एक महिना लामो उनको एसिया भ्रमण निकै तामझामको छ । इन्डोनेसियाको भ्रमण सकेर उनले मलेसिया, चीन, जापान र माल्दिभ्सलगायत एसियाली मुलुकको भ्रमण गर्नेछन् ।

हवाई सेवा कम्पनी पिटी जासा अंगकासा सिमिस्टरका अनुसार राजाले चार सय ५९ मेट्रिकटन लगेजसहित यात्रा गरेका छन् । उनको लगेजमा दुईओटा मर्सिडिस बेन्ज एस ६०० र दुईवटा विद्युतीय लिफ्ट छन् । राजाले ल्याएका दुईवटा लिफ्टमध्ये एउटा राजधानी जाकर्ता र अर्को बालीको देनपासर पुर्‍याइएका छन् । त्यस्तै, ६३ टन कार्गो जाकर्तामा झारिएको छ भने बाँकी तीन सय ९६ टन देनपासर पुर्‍याइसकिएको छ ।

विदेश भ्रमणका क्रममा आफूसँगै गाडी र विद्युतीय लिफ्ट लैजानु अनौठो लागे पनि सोखीन राजाका लागि यी सामान्य विषय हुन् । सन् २०१५ मा फ्रान्स भ्रमणका क्रममा पेरिसस्थित एउटा समुद्री तटमा विद्युतीय लिफ्ट राखेको विषयमा स्थानीयले विरोध जनाएका थिए । राजासँग ठूलो जत्था विदेश भ्रमणमा हिँडेको छ । इन्डोनेसियाको समाचार संस्था अन्तारका अनुसार राजासँगै १५ सय मानिसले भ्रमण गरेका छन् । तीमध्ये १० जना मन्त्री, आठ सय प्रतिनिधि र २५ राजकुमार छन् । ३६ वटा विभिन्न उडानमार्फत तीना साता लगाएर उनीहरू इन्डोनेसिया पुगेका हुन् । राजाको भ्रमणलाई सफल बनाउन पाँच सय ७२ कर्मचारी खटिएका छन् ।

राजाको भ्रमणका कारण इन्डोनेसियाको ट्राफिक व्यवस्था प्रभावित हुने भएको छ । त्यहाँ सुरक्षा व्यपस्था निकै कडा पारिएको छ । जार्कता, पश्चिम जाभा र बालीमा १० हजार प्रहरी अधिकारी परिचालन गरिएका छन् ।





error: Content is protected !!