दलहरु किन गर्छन् दोधारे कुरारु

काठमाडौं । वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुले संविधान संशोधनका सम्बन्धमा स्पष्ट अडानका साथ अघि बढ्नु पर्ने सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरुले बताउनु भएको छ ।
एबीसी न्यूजको नियमित टक सो एबीसी वाचमा कुरा गर्दै नेकपा माओवादी केन्द्रका नेता एवं सांसद डोर प्रसाद उपाध्याय र एमालेका नेता एवं सांसद विकास लम्सालले संशोधन विद्ययकमा देशलाई अल्झाउन नहुने बताउनु भएको हो । राजनीतिक दलहरुको सहमतिमा संशोधन विद्ययकलाई स्थगन गर्न तथा प्रक्रियामा लगेर भने पनि टुग्याउन सरकार तयार रहेको माओवादी सांसद उपाध्यायले दाबी गर्नु भएको छ । तर एमाले सांसद लम्सालले भने सरकारले संशोधन विद्ययकलाई के गर्न खोजेको हो स्पष्ट नभएको बताउनु भएको छ । सरकारले कहिले संशोधन विद्ययक स्थगन गर्ने त कहिले प्रक्रियामा लैजाने भन्दै दोधारे कुरा गरेको उहाँको आरोप छ । संशोधन विद्ययकलाई संसदिय प्रक्रियामा लगे संसदको निर्णय स्विकार गर्न एमाले तयार उहाँको दाबी छ ।










