रुकुममा स्ववियु चुनाव हुने–नहुने अन्योल

रुकुम,   रुकुमका क्याम्पसहरुमा स्ववियु चुनाव अझै सुरु हुन सकेको छैन् । देशभरका क्याम्पसमा स्ववियु चुनाव हुने भनिए पनि रुकुममा भने अझै सुरु हुन सकेको छैन् । जिल्लाका ३ क्याम्पसमा स्ववियुको चुनाव हुने भनिए पनि एउटामा स्थगित भएको छ । बाँकी दुई वटामा सहमतिको प्रयास भइरहेको छ ।

खोलागाउँमा रहेको जहारी क्याम्पसमा चुनाव स्थगित भएको हो भने मुसिकोट खलंगा बहुमुखी क्याम्पस र राडिज्युला शिक्षा क्याम्पस आठविसकोटमा भने सहमतिको प्रयास भइरहेको छ । असहज परिस्थितिका कारण चुनाव गराउने वातावारण नभएपछि चुनाव स्थगित गर्नुपरेको जहारी क्याम्पसले सूचना टाँसेर जानकारी दिएको छ ।

त्यस्तै मुसिकोट खलंगा बहुमुखी क्याम्पस र राडिज्युला शिक्षा क्याम्पसमा भने बिहानैबाट सहमतिको प्रयास भइरहेको छ । जिल्लाका ८ क्याम्पस मध्ये ४ मा अखिल क्रान्तिकारी निर्विरोध विजयी भएको र एउटामा सहमतिमा नेतृत्व चयन भएपछि ३ वटा क्याम्पसमा मात्र चुनावको तयारी थालिएको थियो । ३ मध्ये पनि एउटामा चुनाव स्थगित भएपछि दुई वटा क्याम्पसमा चुनाव हुने–नहुने अन्योल छ ।





error: Content is protected !!