माबी स्तरीय बक्तृत्व कला प्रतियोगिता

हेमन्त राज काफले
नेपालगन्ज । क्षेत्रीय खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले नवौं खाद्य स्वच्छता दिवसको अबसर पारी माबी स्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिताका निर्णायकका रुपमा प्राज्ञ श्री हरि तिमिल्सिना , बिनि जीवन न्यौपाने र बासका कार्यकारी निर्देशक नमस्कार शाह रहेका थिए ।
विभिन्न १५ बढी बिधालयका ३० जना छात्र र छात्राहरुको सहभागिता थियो। प्रथम गरिमा रोकाय दितिय सपना परियार तृतीय सितल केसि र सान्त्वना सुभम बस्याल र नकिल अन्सारी
प्रथम लाई नगत रु ८०००, दोस्रो लाई रु ५००० , तेस्रोलाई ३००० र सान्त्वना रु २००० बिद्यार्थी हरुलाई प्रमुख अतिथि जिल्ला शिक्षा कार्यलयका साहेक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापा ले प्रदान गरेका थिए ।
प्रधान मन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगिता जारी
सेमिफाईनलको समिकरण पुरा
एपीएफको प्रतिद्धन्द्धी पुलिस र रेल्वेको आर्मी
प्रधान मन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले आयोजक मध्यमश्चिमाञ्चललाई हराए पछि सेमिफाईनलको प्रतिद्धन्द्धी एपीएफ पाएको छ । नेपालगंजको कर्भडहलमा सोमवार भएको आफ्नो अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्यमश्चिमाञ्चललाई तथा एपीएफले नेपाल आर्मीलाई समान ३–० को सोझो सेटमा हराए ।
लिग चरणको पहिलो खेलमा साबिक बिजेता रेल्वेसँग ३–० को हार ब्यहोरेको पुलिसले दोश्रो खेलमा आयोजकमाथी सहज जित निकाल्यो । पुलिसले किशोरी खेलाडिहरुले भरिएको मध्यमश्चिमाञ्चललाई २५–११,२५–८ र २५–१८ को सेटमा हरायो । अर्को खेलमा एपीएफले नेपाल आर्मीमाथी २५–५,२५–८ र २५–९ को सेटमा जित निकाल्यो । लिग चरणका दुवै खेल जितेको एपीएफ समूह “ख” को बिजेता बन्दा एक खेल जितेको आर्मी समूह “ख”को उपबिजेताको रुपमा सेमिफाईनलमा प्रवेश पायो । साबिक बिजेता भारतको रेल्वे समूह “क”बाट अपराजित रहदै बिजेताको रुपमा सेमिफाईनलमा प्रवेश गर्दा एक खेल जितेको पुलिसले उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान बनायो । भारतीय दोश्रो टिम बर्षात एशोसियसन र आयोजक मध्यपश्चिमाञ्चलले दुवै खेलमा पराजय ब्यहोरे पछि लिग चरणबाटै बाहिरिएका छन् ।
बाके जिल्ला भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगितामा मंगलवार पहिलो सेमिफाईनल खेल समूह “क” को बिजेता रेल्वे र समूह “ख” को उपबिजेता आर्मी बीच हुनेछ । दोश्रो सेमिफाईनल खेल समूह “ख”को बिजेता एपीएफ र समूह “क” को उपबिजता पुलिस बीच हुनेछ ।










