डोल्पा अस्पतालमा बिशेषज्ञ सेवा ठप्प ,कागजमै सिमित भयो सरकार संगको सम्झौता

रामचन्द्र न्यौपाने
दुनै(डोल्पा) , डोल्पाको एकमात्र जिल्ला अस्पतालमा बिशेषज्ञ सेवा पाँच महिना देखि ठप्प भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्णालीका पाँचवटा जिल्लामा बाह्रै महिना विशेषज्ञ सहितको स्वास्थ्य सेवा दिने भनेर दुईबर्ष अगाडी नेपाल सरकार संग सम्झौता गरेको थियो ।
सम्झौँता अनुसार प्रतिष्ठानको टोली नियमित नहुँदा उक्त सेवा ठप्प भएको हो ।प्रतिष्ठानको सरकारसंगको सम्झौता कागजी प्रक्रियामै सिमित छ ।
प्रतिष्ठानको घुम्ती टोलीले कर्णालीका जिल्लाहरुमा नियमित स्वास्थ्य सेवा दिन नसक्दा प्रत्येक जिल्लाका दुर्गमबासीहरु समस्यामा पर्ने गरेकाछन् ।
कर्णालीका प्रत्येक जिल्लामा बिशेषज्ञ सेवा दिन प्रत्येक बर्ष जुम्लाबाट एपेन्डीसेक्टोमी,सिजियर ईन्फेक्सन लगाएतका सामान्य प्रकारका अप्रसेसन जिल्लामै सम्पन्नगर्ने गरि विशेषज्ञ डाक्टर सहित चार पाँच जनाको टोली आउनु पर्छ ।
जिल्लामा बिशेषज्ञ सहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि सामान्य अप्रेसन नभएरै अकालमै ज्यान गुमाउनपर्ने डोल्पालीलाई ठुलो राहत भएको थियो भने सामान्य उपचारकालागि लाखौँ खर्चगरेर हेलिकोप्टर रिर्जभ गरेर जिल्ला वाहिर जानुपर्ने अवस्था हटाउने प्रयास भएको थियो ।
प्रत्येक तिन तिन महिनामा प्रतिष्ठानले बिशेषज्ञ सहितको घुम्ती टोली पठाउनु पर्छ ।दुर्गम जिल्लाहरुमा उनिहरुले बाह्रै महिना सेवा दिनुपर्ने सरकारसंगको सम्झौता छ ।
जिल्ला अस्पतालका एक्ला डाक्टर श्रीकान्त अग्रवालका अनुसार गत बर्ष ६ महिनामात्र उक्त टोली बस्यो ।बाँकी ६ महिना डोल्पा अस्पताल विशेषज्ञ सेवा विहिन भयो ।यस बर्ष पनि साउन—असोज सम्म तिन महिना मात्र बस्यो उक्त टोली ।त्यसपछि आउनुपर्ने टोली अझै आईपुगेको छैन् उहाँले भन्नुभयो ।“आज भोली बिरामिको चाप दिनप्रति दिन बडेको छ ।उक्त टोली आईदिएको भए सामान्य प्रकारका अप्रेसनगर्न सहजहुन्थ्यो ।”
तिन महिनाको अवधि सकेर टोली फर्के लगत्तै अर्को टोली पठाउन अनुरोध गर्दै पत्राचार गरिसकेका छौ तर पनि टोली आईपुगेको छैन् उहाँले थप्नुभयो।
बाईस सैयाको उक्त अस्पतालमा २ जना स्थायी डाक्टरको दरबन्दी छ ।अहिले एकजना मात्र डाक्टर हुनुहुन्छ ।एक्ला डाक्टर अग्रवाललाई विरामिको सेवा गर्न भ्याई नभ्याई छ ।
अग्रवाललाई अस्पताल र जनस्थास्थ्य कार्यालयको दुईवटा जिम्मेवारी छ ।सरकारले नवौ र आठौँ तहको डाक्टर दुईवटा दरबन्दी राख्ने यि जनशक्तिलेनै अस्पताल र जनस्वास्थ्य कार्यालयमा कामगर्नुपर्ने निति छ ।तर नवौँ तहको डाक्टर अहिलेसम्मपनि डोल्पा नआएकाले निमित्त जनस्वास्थ्य प्रमुख भएर काम चलाईरहेको अग्रवालको बताउनुभयो ।
विहान देखि दिउसो २ बजेसम्म अस्पतालमा विरामि जाँच्नुहुन्छ त्यसपछि जनस्वास्थ्य कार्यालयमा जानुहुन्छ ।अर्का एकजना करारका डाक्टर परीक्षा दिन गएको अग्रवालले भनाई छ ।
यस बर्ष अस्पतालमा सुत्केरी महिलाहरु नियमित स्वास्थ्य जाँचकालागि आउने सङ्ख्यमा बृद्धि भएको छ ।त्यस्तै जिल्ला त्रिपुराकोट,लिकु,जुफाल सुँ लगायत जिल्ला दुर्गम गाउँहरुमा प्रसुति केन्द्रहरु स्थापना भएपछि सुरक्षित प्रसुति सेवा लिने महिलाहरु पनि बडेकाछन् ।यसले बड्दो सुत्केरी जोखिम घटेको छ ।अघिल्लो बर्ष जिल्ला अस्पताल लगाएका बिभिन्न प्रसुति केन्द्रहरुमा २३५ जनाले सुरक्षित प्रसुति सेवा पाए ।गत साउन देखि फागुनसम्म १५४ जना सुत्केरी भएको अस्पतालले जनाएको छ ।










