देउवाले प्रधानमन्त्री नपाउने करिब पक्का, प्रचण्ड र ओलीबीच मध्यरातमा यस्तो सहमति

नेकपा माओवादी केन्द्र र काँग्रेसबीचको पूर्वसहमतिअनुसार काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नहुने करिब निश्चित जस्तै भएको छ ।

oli
प्रधानमन्त्रीेसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी एमाले अध्यक्ष केपी ओलीबीच सम्बन्ध सुमधुर हुन थालेसँर्गै देउवा जिल्लिने खतरा बढेको हो । वर्तमान सत्ता गढबन्धन निर्माणका बेला गत साउनमा स्थानीय तहको निर्वाचनसम्म माओवादी केन्द्रले र त्यसपछि काँग्रेसले सरकारको नेतृत्व लिने सहमति भएको थियो । तर, पछिल्लो समय दुई दलका नेताबीच तिक्तता बढ्दै गएको छ । उता एमाले र माओवादी केन्द्र अस्वाभाविक रुपमा नजिकिँदै गएका छन् । दुई दलका शीर्ष नेताबीच पछिल्लो समय औपचारिक र अनौपचारिक छलफल बाक्लिएको छ । केही दिनअघि मात्र दुई कम्युनिष्ट नेताले प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातसम्म वार्ता गरेका थिए । सोही वार्ताको परिणाम स्वरुप एमाले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन दिन सहमत भएको हो ।

यस्तो छ सहमति
सरकार नेतृत्वकर्ता माओवादी केन्द्र आगामी ३१ वैशाखका लागि निर्धारित स्थानीय तहको निर्वाचन भए वा नभए दुवै अवस्थामा बजेट आफैं ल्याउन चाहन्छ । तर, काँग्रेसले माओवादीलाई बजेट ल्याउन नदिने रणनीति बनाएको छ । नीति कार्यक्रम र बजेटअघि नै पूर्वसहमतिअनुसार प्रचण्डले बालुवाटार खाली गराउनुपर्ने सर्त देउवाको छ । एमालेसँग नजिकिएको बुझेपछि देउवाले आगामी जेठ २ वा ३ गते पदबाट राजीनामा दिएर आफ्ना लागि मार्गप्रसस्त गर्न प्रचण्डमाथि दबाब दिन थालेका छन् । तर, बजेटका विषयमा दुई दलबीच विवाद बढ्दै गएर गठबन्धन टुट्ने खतरा रहेको माओवादी केन्द्रका एक नेताले बताए ।

‘हामी सहमतिनुसार देउवालाई सरकारको नेतृत्व दिन तयारै थियौं’, ती नेताले भने, ‘तर, बजेटसम्म पर्खन प्रधानमन्त्रीले गर्नुभएको आग्रह अस्वीकार भएकाले यसै भन्न सक्ने स्थिति रहेन । स्रोतका अनुसार एमाले नेताहरुले छलफलका क्रममा बजेट ल्याउन नदिएर काँग्रेस सरकारबाट बाहिरिए आफूहरु टेको दिन तयार रहेको बचन प्रधानमन्त्रीलाई दिएका छन् । काँग्रेस सरकारबाट बाहिरिएको अवस्थामा सरकारलाई बहुमत जुटाइदिने जिम्मा आफ्नो भएको ओलीले प्रचण्डलाई बताएका छन् ।

पछिल्लो छलफलमा ओलीले काँग्रसले समर्थन फिर्ता लिएर संसदमा सरकारले बहुमत गुमाएको अवस्थामा आगामी साउन वा भदौसम्म बाहिरै बसेर सरकारलाई सघाउन आफूहरु तयार रहेको बचन दिएका थिए । त्यसपछि भने एमाले नेतृत्वमा फेरि बाम गठबन्धन बनाएर अघि बढ्ने प्रस्ताव ओलीको छ । त्यसमा प्रधानमन्त्रीसहित माओवादी केन्द्रका नेताहरु सकारात्मक छन् ।





error: Content is protected !!