काम नगरेपनि खुरुखुरु तलव

लक्ष्मण रसाइली
जाजरकोट ।यहाँको डाँडागाउँ–६ मा रहेको कैना स्वास्थ्य चौकी लामो समयदेखि ग्रामीण स्वास्थ्य कार्यकर्ता ग्रा स्वा का र मातृ शिशु कार्यकर्ता मा सि क बिहिन भएको स्थानीयले आरोप लगाएका छन् ।
ग्रा स्वा का दिपकजंग शाह र मा शि का शोभा सिंहको लामो समय देखि कार्यालयको काम भन्दा पनि व्यक्तिगत कामलाई ध्यान दिदा यहाँका सेवाग्रर्ही मर्कामा परेको वताएका छन् । उक्त स्वास्थ्य चौकी मा ७ जना कर्मचारी को दरबन्दी रहेकोमा अहिले सम्म जिल्लाबाट स्वास्थ्य चौकी प्रमुख नियुक्ती हुन सकेको छैन भने अन्य दुई जना कर्मचारी कार्यालयको काममा खासै ध्यान नदिएको स्थानीयको आरोप छ ।
पहिले एक महिनाको फरकमा उपस्तिथि जनाउने ग्रा स्वा का र मा शि का अहिले २ महिना पुगिसक्दा पनि हाजिरी नभएको रामेश्वर रानाले बताए । स्वास्थ्य चौकीमा हाजिर नभएर नै माथिल्लो निकायबाट हाजिरी मिलाएर तलब भुक्तानी गर्ने गरेको समेत उनले बताए ।
पहिले पनि यस्तै लापरबाही गर्दा सञ्चार माध्यमहरु तथा सम्बन्धित निकायमा जानकारी गराउँदा पनि कुनै ध्यानाकर्षण नभएको डाँडागाउँ–६ कैनाका स्थानीयहरुले गुनासो गरेकाछन् ।










