पशुपालक कृषकलाई चरनखर्क व्यबस्थापन तालिम

रामचन्द्र न्यौपाने
दुनै(डोल्पा) ,यहाँका पशुपालक कृषकहरुलाई पहिलो पटक चरनखर्क व्यबस्थापन सम्बन्धि तिन दिने तालिम प्रदान गरिएको छ । त्रिपुराकोट—२ स्थित बगरमा रहेको पशु उप—केन्द्रमा शनिवार देखि सोमवारसम्म चलेको सो तालिममा मध्य डोल्पाका साठीजनाभन्दा धेरै पशुपालक कृषहरुलाई तालिम प्रदान गरिएको थियो ।
उक्त तालिम अन्तर्गत घरमा व्यबसायीक रुपमा पालन गरिएका पशु तथा नयाँ पशुपालनगरेर आयआर्जनगर्न चाहने कृषहरुलाई चरनखर्क ,खोरव्यबस्थापन,रोग पहिचाहान,घरेलु उपचार पद्धति,तथा बिषालु घाँस पहिचाहान र यसको प्रयोगबाट बिरामी परेका पशुहरुलाई कसरी उपचारगर्ने?जस्ता पशुपालन सम्बन्धि बिभिन्न प्रकारका जानकारीहरु प्रदान गरिएको जिल्ला पशु सेवा कार्यालयका निमित्त प्रमुख चन्द्रलाल धरलाले जानकारी दिनुभयो ।
जिल्लाका नकु,सर्मी,त्रिपुराकोट,माझफाल,जुफाल,सुँ गाविसका गठन भएका स्थानिय समुहहरुबाट कृषहरुले सहभागिता जनाएका थिए ।
जिल्लामै पहिलोपटक सञ्चालन गरिएको उक्त तालिममा कृषहरुको उल्लेख्य सहभागिता रहनुका साथै उनिहरु उत्साहीत भएको धरलाको भनाई छ ।
जिल्लाको कुल भुगोल मध्ये ३१ प्रतिशत जमित पशुचरन योग्य भएकाले डोल्पाको पशुपालनको निकैराम्रो सम्भावना भएको उहाँको भनाई छ ।
व्यबसायिक पालन गरिएका पशुहरुमा सामान्य रोगलागेर मर्ने गरेकोमा अव भने बिविध कारणबाट कार्यालयको औषधि नपाईएको खण्डमापनि स्थानिय जडीबुटीहरुबाटै सामान्य प्रकारको रोग निकोहुनसक्ने जानकारीमुलक कुराहरुपनि सो तालिमबाट बुझिएको एक सहभागि सन्तराम कुलालले बताउनुभयो ।
यस्तो प्रकारको तालिमबाट लाँखौ लगानि गरेर पालन गरिएका पशुहरुको हत्तपत्त क्षतिनहुनुका साथै स्वच्छ पशुजन्य उत्पादनमा पनि सघाउ पुग्ने कुलालको भनाई छ ।










