गाविस सचिवहरु आन्दोलनमा

जाजरकोटमा गाविस सचिवहरुले सरकार समक्ष ५ बुदें माग राख्दै कार्यालयको छापहरु जिल्ला विकास समितिको कार्यालयमा बुझाएका छन् ।
गाविस हकहित संरक्षण केन्द्र केन्द्रिय कार्य समितिको माघ १५ र १६ बसेको बैठकले सरकार समक्ष राखेका मागप्रति एेक्यबद्धता जाहेर गर्दै गाविस हकहित संरक्षण केन्द्र जाजरकोटले पनि सबै गाविसका छापहरु जिल्ला विकास समितिमा बुझाउने प्रेस विज्ञप्ती मार्फत जानकारी दिईएको हो ।
सरकार सँग असहमत हुने पक्षहरुले गाविस सचिवहरु माथि आत्रमण, हत्या तथा दुव्र्यवहार गर्ने गरेको बताउदै स्थानीय जनताका नजिकको सरकारको रुपमा जनप्रतिनिधिहरुको विहिनताको अवस्थामा कार्य गर्दै गर्दा अत्याधिक कार्य बोझ रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानीय निकायको चुनाव गराउनु पर्ने, स्थानीय शास आफै संचालन गर्न पाउनुपर्ने, सचिवहरुलाई प्रोत्साहन भक्ता भुक्तानी गरिनुपर्ने, कर्मचारी समायोजनका मूख्य सवालहरु सम्बोधन गरिनुपर्ने, गाविस सचिवहरुलाई सरुवा भई अन्यत्र जान लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र माघ १२ गते सुनसरीको वनमुहा गाविसका सचिव हरी कुमार थापामा माथि भएको घटनाको दोषीलाई कडा कारवाही गर्न माग लगायतका मागहरु राखिएको छ ।
ईखवरअनलाईन वाट ।





error: Content is protected !!