प्राविधिक विदार्थिहरुको विदाइ कार्यक्रम सम्पन्न

सहदेव वस्नेत
जाजरकोट । जिल्लाको भेरीमालीका नगरपालीका वडा नं १ कालेगाउँमा रहेको एक मात्र श्री शीव व्यावशायिक मावि (प्राविधिक) तर्फका १५ महीने भेटनरी जेटीएहरुको एक समारोहका विच विदाइ गरीएकोछ । १२ महीना पढाइ पश्चात जिल्ला छीमेकी जिल्लाहरुमा ३ महीना को ओजीटी पश्चात शिक्षालयले २ दीने ओजीटी सेमीनार गराइ आज उनिहरुलाइ विद्यालय तथा शिक्षालयमा अध्ययनरत अन्य कृषी तथा भेटनरी प्रशीक्षार्थी विदयार्थीहरुले औपचारीक कार्यक्रमका विच विदाइ गरेका छन ।
विव्यस अध्यक्ष केवल सीह डाँगीको अध्यक्षतामा सम्पन्ना कार्यक्रममा प्रशीक्षार्थी विद्यार्थीहरुको तर्फवाट मुकुन्द शाही र भुपाल विष्टले आफ्ना अनुभुति राख्दै आफुहरुलाइ आफ्नै गाउँघरमा कम आर्थिीक खचृमा अध्ययनको अवसर जुटाइदीएकोमा शिक्षालय प्रति आभार व्यक्त गर्दै आफुले लिएको ज्ञानलाइ व्यवहारमा उतार्ने प्रतिवद्यता सहीतका भनाइ राखेका थीए । सहायक प्रशिक्षक विश्वमित्र शर्माको सन्चालनमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रअ तिलक वहादुर खत्री,विव्यस सदस्यहरु सहदेव वस्नेत र सज्जनराज विक ले मन्तव्य राख्दै प्रशीक्षर्थी हरुलाइ आफुले सीकेको ज्ञान लाइ व्यवहारमा उतारी सफल उद्यमी,व्यवशायी वन्ना तथा आगामी दीनमा अझै अध्ययनलाइ सफलतापुर्वक अगाडी वढाउना शुभकामना व्यक्त गरीएको थीयो ।

कार्यक्रममा शीक्षक,प्रशीक्षक,अभिभावक विदार्थी गरी करीव २०० जतीको सहभागीता रहेको थीयो । हाल यस शिक्षलयमा सीटीइभीटी अन्तरगतको १५ महीने कृषी तथा भेटेनरी जेटीएको पठनपाठन हुदै आएको छ ।





error: Content is protected !!