पहाडी जिल्ला जुनोसिस रोगको उच्च जोखिम

जाजरकोट लगायतका पहाडी जिल्लाहरुमा जुनोसिस रोग लाग्न सक्ने जोखिम उच्च रहेको भन्दै पशु चिकित्सकहरुले सचेतता अपनाउन आग्रह गरेका छन् । घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप नलगाउने गरिएकाले रोगको संक्रमण फैलने सक्ने तर्फ विज्ञहरुले सतर्क रहन आग्रह गरेका हुन् । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सदरमुकाम खलंगामा जुनोसिस रोगबारे गरिएको अन्र्तक्रिया कार्यक्रममा सावधानी नअपनाउँदा जुनोसिस रोग बढ्न सक्ने र त्यसले मृत्यु सम्मको अवस्थामा पुर्याउन सक्ने भन्दै साबधानी अपनाउन सरोकारवालालाई चिकित्सकले सचेत गराएका छन् ।
घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप नलगाउँदा र उक्त कुकुरलाई स्याल, फ्याउरो लगायतका जंगली जनावरले टोक्दा कुकुर बहुलाउने गर्दछन् । बहुला कुकुरले मानिसलाई टोक्दा रेविजको संक्रमण हुने गर्दछ भन,े पशुहरुलाई टोक्दा पशुको मासु, दुध लगायतका खाद्य पदार्थ राम्ररी नपकाएर खाँदा रेविज सर्न सक्ने संभावना रहेको पशु चिकित्सक डा।ऋषि सापकोटाले बताए ।
रोगबाट बच्न कुकुरलाई रेविज विरुद्ध खोप लगाउन, मासु तथा दुध राम्ररी पकाएर खानुपर्छ डा। सापकोटाले भने विकसित देशमा पुर्व सावधानी र सचेतताका अपनाउँदा रोग फैलन सक्ने संभावना शुन्य छ भने नेपाल लगायतका विकासशिल देशमा यो रोगको संक्रमण फैलन सक्ने संभावना ९३ प्रतिशत रहेको छ ।
जुनोसिस रोग लाग्न नदिन सफा र स्वच्छ मासु सेवन गर्नु पर्छ । चालु आर्थिक बर्षमा एक हजार एक सय ६० पशुपंक्षिलाई रेविज विरुद्धको खोप लगाईएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । यो रोगबारे जनचेतना जगाउने र सावधानीका उपायबारे आमसंचारका माध्यामबाट प्रचार प्रसार गर्नु पर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
डिजिटल सन्चार वाट ।










