एमालेले अवदेखि नयाँ संस्कारको विकास गर्ने २० बुँदे घोषणापत्रसहित

प्रमुख प्रतिपक्षी दल एमालेले अवदेखि अब प्रमुख अतिथि, सभाध्यक्ष र सीमित वक्तालाई मात्र मञ्चमा राख्ने, अरु सबै आमन्त्रित अतिथिहरूलाई दर्शकदीर्घामा नै राखी कार्यक्रम सञ्चालन गर्ने नयाँ संस्कारको विकास र अवलम्बन गर्ने भएको छ । जनवर्गीय संगठनहरू आबद्ध मोर्चा संगठनले पोखरामा गरेको मोर्चा संगठनसम्वद्ध जनसंगठनका केन्द्रीय पदाधिकारीहरूको भेलाले औपचारिक कार्यक्रमहरूमा अनावश्यक तडकभडकलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । ‘अतिथिहरूलाई लगाइदिने ब्याच, माला र खादाको अत्यधिक प्रयोगबाट हाम्रा कार्यक्रमहरू भद्दा एवम् खर्चिला भइरहेका छन् । हामी यस्ता परम्परा र मञ्चमा ठूलो संख्यामा अतिथिको भिड थुपार्ने र आसन ग्रहणमा मूल्यवान समय खेर फाल्ने बोझिलो र खर्चिलो कार्यशैलीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं’ पोखरा घोषणापत्रमा भनिएको छ ।

२० बुँदे पोखरा घोषणापत्र जस्ताको तस्तैः

१ पार्टीका जनसंगठनहरू पार्टी कार्यकर्ता निर्माण गर्ने उर्बर भुमि, जनस्रोत र आधार हुन् । जनवर्गीय संगठनहरूबाटै खारिएका गैरपार्टी सदस्यहरूलाई पार्टी सदस्यमा रूपान्तरित गर्ने र व्यवहारमा खारिएका पार्टी सदस्यहरूलाई पार्टीका नेता–कार्यकर्तामा स्थापित गर्नुपर्नेमा हामी एकमत छौं । तसर्थ हरेक जनसंगठन पार्टीको नीति, कार्यक्रम र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै र संगठनात्मक सिद्धान्तअनुरूप स्वायतढंगले आ–आप्mना संगठन परिचालन गर्न प्रतिबद्ध भएर लाग्ने प्रण गर्दछौँ ।

२ जनवर्गीय संगठन,

पार्टी संगठनमा प्रवेशका पहिलो ढोका हुन् । नेकपा९एमाले०को प्रारम्भिक शिक्षादीक्षा नै जनसगठनबाट सुरु हुन्छ । तसर्थः आफ्ना संगठनभित्र आपसी एकता, सहकार्य र एकअर्काको समस्याप्रति संवेदनशील हुनुपर्ने कुरामा जोड दिँदै हामी असल कमरेड्ली भावना विकास गर्न क्रियाशील रहनेछौँ । सबै जनसंगठनहरूमा महिला, दलित, अल्पसंख्यक, तराइबासी–मधेसी, जनजाति, मुस्लिम, मजदुर, किसान, अपांगता भएका व्यक्ति र पिछडिएका क्षेत्रको संविधान, कानुन र पार्टी नीति एवम् योजनाबमोजिम समावेशी प्रतिनिधित्व, नेतृत्व निर्माण र जिम्मेवारी प्रदान गर्दै समावेशीकरणलाई व्यवहारत संस्थागत गर्न प्रतिबद्ध छौँ । पार्टीसम्वद्ध सबै जनसंगठनहरूबीचमा एक आपसमा सहयोग आदान प्रदान गर्न प्रतिबद्ध छौँ । हामी जनसंगठनहरूकाबीचमा रहेको दोहोरो–तेहेरो जिम्मेवारीको यथाशीघ्र अन्त्य गरी वर्गीय संयुक्त मोर्चाको अवधारणाअनुरूप सामाजिक रूपान्तरणमा सामूहिक रूपमा क्रियाशील हुने प्रतिवद्धता पुनः जाहेर गर्दछौँ ।

३  हामी जनसंगठनहरूको नेतृत्व चयन सकेसम्म सर्वसम्मतिका साथ सम्पन्न गर्ने अभ्यासलाई आत्मसात् गर्न प्रतिबद्ध छौँ । गुटबन्दी, अनावश्यक हानाथाप र पदका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै पार्टीमा सोही अनुरूपको आचरण र अभ्यास प्रतिविम्बित गराउन क्रियाशील हुनेछौं । यसै सन्दर्भमा पार्टी केन्द्रीय कमिटिको सातौं बैठकद्वारा पार्टीको आन्तरिक एकताको लागि जारी गरिएको १० बुँदे विशेष प्रस्तावप्रति हामी पूर्ण समर्थन जाहेर गर्दछौं र त्यसैको मर्म र भावनाअनुरूप आ–आप्mना संगठनमार्फत मुलुकको समृद्धिका लागि सामूहिक रूपमा अग्रसर हुनसमेत संकल्प गर्दछौं ।

हामी औपचारिक कार्यक्रमहरूमा अनावश्यक तडकभडकलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । अतिथिहरूलाई लगाइदिने ब्याच, माला र खादाको अत्यधिक प्रयोगबाट हाम्रा कार्यक्रमहरू भद्दा एवम् खर्चिला भइरहेका छन् । हामी यस्ता परम्परा र मञ्चमा ठूलो संख्यामा अतिथिको भिड थुपार्ने र आसन ग्रहणमा मूल्यवान समय खेर फाल्ने बोझिलो र खर्चिलो कार्यशैलीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । हामीले अब प्रमुख अतिथि, सभाध्यक्ष र सीमित वक्तालाई मात्र मञ्चमा राख्ने, अरु सबै आमन्त्रित अतिथिहरूलाई दर्शकदीर्घामा नै राखी कार्यक्रम सञ्चालन गर्ने नयाँ संस्कारको विकास र अवलम्बन गर्नेछौं ।

५, हामी हाम्रा आदरणीय नेताहरूको सामाजिक प्रतिष्ठा, सम्मान र इज्जतको अझ अभिवृद्धि गर्दै तद्अनुकूल सम्मानजनक व्यवहार गर्न सम्वेदनशील छौँ । तर नेताहरूलाई स्वागत गर्ने नाममा एयरपोर्ट र बसपार्कहरूमा अनावश्यक भिड जम्मा हुँदै व्यक्तिगत रूपमा नजिकिने आधार खडा गर्ने, अनावश्यक सामिप्यता दर्शाउने र त्यसैलाई सम्मान तथा मर्यादा गरेको ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सहमत छौँ । यस्तै प्रवृत्तिका आधारमा व्यक्तिको पदोन्नति गर्ने गलत अभ्यासलाई रोक्न समेत हामी जनसंगठनहरू कटिबद्ध छौं । साथै, हामी सबै जनसंगठनहरू जातीय छुवाछुत, लैंगिक तथा सामाजिक विभेदपूर्ण व्यवहार र महिला हिंसा, साम्प्रदायिक विद्वेष बढाउने खालका अभिव्यक्ति तथा व्यवहारको समूल अन्त्य गर्न प्रतिबद्ध छौँ र त्यस्ता क्रियाकलापहरूलाई संगठनभित्र दण्डनीय विषय बनाउने घोषणा गर्दछौँ ।

६ ,कामका लागि नभई नामका लागि भद्दा कमिटी बनाउने र उपलब्ध सदस्यहरूका बीचको बैठक भन्दै सामूहिक निर्णय प्रणालीलाई ओझेलमा पार्दै मन परेकाहरू बीचको निर्णयलाई संगठनको निर्णयका रूपमा व्याख्या गर्ने गलत अभ्यासको हामी अन्त्य गर्नेछौं । छरिता कमिटी, विधानमा तोकिएका काम अनुरूपका पद र पदीय जिम्मेवारी अनुरूप काम गर्ने परिपाटी विकास गर्ने गरी वैधानिक व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । हामी दाउपेच होइन, कमरेड्ली भावना भन्ने आधारमा सबै संगठन सञ्चालन गर्न क्रियाशील हुनेछौँ ।

७, हामी २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको कार्यान्वयनमा दृढ प्रतिबद्धता व्यक्त गर्दछौं । औचित्यहीन संशोधन होइन, शीघ्र कार्यान्वयनको आजको आवश्यकतालाई सम्बद्ध सबै पक्षले मनन् गरुन भन्नेमा विशेष जोड दिन चाहन्छौं ।

८, संविधान संशोधनको नाममा सरकारले सुरु गरेको तराईबासी–मधेसी र पहाडी समुदायबीच सामाजिक विद्वेष फैलाउने कार्यको हामी निन्दा र भत्र्सना गर्दछौं । संविधान संशोधनको राष्ट्रघाती प्रस्ताव तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं । तराई मधेस, पहाड र हिमाली क्षेत्रमा रहने सबै नेपाली तथा सबै जातजाति र समुदायहरूबीचको एकता र सामाजिक सद्भाव प्रबद्र्धनको पक्षमा दृढ प्रतिबद्धता व्यक्त गर्दछौं ।

९, हामी नेकपा ९एमाले० नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र सोही नीति कार्यक्रमहरू कार्यान्वयन गर्न ल्याइएको जनमुखी बजेट व्यवहारमा लागु गरियोस् भन्ने कुरामा विशेष जोड दिन चाहन्छौं । हामी आर्थिक–सामाजिक रूपान्तरण र पूर्वाधार विकासका कार्यक्रमलाई तत्काल लागू गर्न जोडदार माग गर्दछौं । साथै, विनासकारी भूकम्पबाट प्रभावित जनताको पीडालाई शीघ्र सम्बोधन गर्न र पुनर्निमाणको कामलाई छिटोभन्दा छिटो पूरा गर्न माग गर्दछौँ ।

२०७४ साल माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक सीमालाई ख्याल गर्दै तीनवटै तह ९स्थानीय, प्रदेश र संसद०को निर्वाचनको मिति तत्काल घोषणा गर्न र निर्वाचनका लागि तत्काल अत्यावश्यक सबै कानुनी प्रवन्धहरू मिलाउन हामी जोडदार माग गर्दछौं ।

११ आगामी दिनमा हुने तीनवटै तहको निर्वाचनमा नेकपा ९एमाले०लाई बहुमतसहितको पहिलो पार्टी बनाउन हामी सबै जनसंगठनहरू आन्तरिक एकतालाई अझ सुदृढ बनाउँदै नयाँ स्तरमा कायम हुने यही एकताको बलमा आ–आप्mनो मातहतका सदस्यहरूलाई सम्पूर्णरूपले परिचालित गर्ने कार्यमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

१२ पार्टीले आगामी फागुन २१ गतेबाट सुरु गर्ने मेची–महाकाली राष्ट्रिय अभियान सफल पार्न सक्रियताका साथ संलग्न हुने प्रतिबद्धता जाहेर गर्दछौं । यसक्रममा आयोजना हुने विभिन्न जिल्लाका कार्यक्रमहरूमा मोर्चा संगठनभित्रका जनसंगठनहरूको प्रभावकारी समन्वय र परिचालनका लागि निम्नानुसार जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ स्

झापा – अनेरास्ववियु
मोरङ, सुनसरी – जिफण्ट
सप्तरी – पेशागत महासंघ नेपाल
सिरहा – भूमिहीन सुकुम्बासी संगठन
धनुषा – लोकतान्त्रिक मधेसी संगठन
सर्लाही – अनेमसंघ
रौतहट – बुद्धिजीवी परिषद्
बारा, पर्सा – खेलकुद महासंघ
मकवानपुर – उद्योग व्यवसायी महासंघ
चितवन – लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
नवलपुर – जनसाँस्कृतिक महासंघ
परासी, रूपन्देही – युवासंघ नेपाल
कपिलबस्तु – मुस्लिम इत्तेहाद संगठन, लोकतान्त्रिक अपाङ्ग संगठन
दाङ – प्रेस चौतारी नेपाल
बाँके, बर्दिया – किसान महासंघ, भुपु सैनिक तथा प्रहरी संगठन
कैलाली – मुक्ति समाज नेपाल
कञ्चनपुर – पीपीएलए
सुर्खेत – मानवअधिकार एलाइन्स

१३ यतिबेला नेकपा ९एमाले०मा पार्टी प्रवेशको लहर अघि बढिरहेकोमा हामी गर्व गर्दछौं । नेकपा ९एमाले० लाई लोकप्रिय पार्टीका रूपमा स्वीकारी यसमा प्रवेश गर्नुहुने सबै कमरेडहरूलाई हामी हार्दिक स्वागत गर्दछांै । सबै वामपन्थी, देशभक्त, प्रगतिशील तथा लोकतान्त्रिक शक्ति र व्यक्तिहरूलाई नेकपा ९एमाले० मा प्रवेश गर्न थप आव्हान समेत गर्दछौं । जनताको बहुदलीय जनवादको सिद्धान्तको मार्गदर्शनमा एकीकृत कम्युनिष्ट आन्दोलन निर्माणको नेतृत्व गर्न नेकपा ९एमाले० लाई आग्रह गर्दछौं र यस अभियानमा मोर्चा संगठनहरूको तर्फबाट आफ्नो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उद्घोष गर्दछौं ।

१४ नेपाल – सबै छिमेकी तथा मित्र राष्ट्रहरूसँग घनिष्ठ र आपसी हितमा आधारित मित्रता बढाउन चाहन्छ । हामी आफ्नो भूमि कसैको हितविपरित प्रयोग हुन नदिन प्रतिबद्ध र दृढ छौं । हामी सबैको संवेदनशीलताको कदर र सार्वभौमसत्ताको सम्मान गर्दछौं । हाम्रो आन्तरिक मामिलामा व्यक्त गरिने अनावश्यक चासो र हस्तक्षेप हामीलाई कहिल्यै स्वीकार्य हुन सक्दैन । त्यसैले, हाम्रा छिमेकी र मित्र राष्ट्रहरूले पनि हाम्रो संवेदनशीलता तथा सार्वभौमसत्ताको सम्मान गर्न सम्बद्ध सबैको हामी गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।

१५ नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विदेशी एयर मार्सल राख्ने र कोड शेयरिङ गर्ने भन्ने समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । यो अत्यन्त आपत्तिजनक कुरा हो, यसको सत्यतथ्य र सही जानकारी जनसमक्ष स्पष्ट पार्न हामी सरकारको ध्यानाकर्षण गर्दछौँ ।

१६ हामी आ–आफ्नो संगठनहरूभित्र आर्थिक अनुशासन पालना गर्न प्रतिबद्ध छौँ । कार्यक्रमहरूमा मितव्ययिता अपनाउन र आर्थिक पारदर्शिता सुनिश्चित गर्न अधिकारप्राप्त र स्वतन्त्र निकायबाट लेखापरीक्षण र अनुगमन गराउने प्रतिबद्धता जाहेर गर्दछौँ ।

१७ हामी विश्वभर चलिरहेका राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, सामाजिक न्यायको पक्षमा तथा वर्णभेद, रंगभेद, जातिभेद विरुद्धका न्यायोचित एवं शान्तिपूर्ण आन्दोलनहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दछौँ । साथै, जलवायू अनुकूलन, वातावरणीय न्याय र दिगो विकास लक्ष्य हासिल गर्न आ–आफ्ना संगठनहरूमार्फत र सामूहिक रूपमा समेत सार्थक योगदान गर्न प्रतिबद्ध छौँ ।

१८ हामी नेपालको संविधान र नेकपा ९एमाले० ले अघि सारेको तीन खम्बे अर्थनीति ९राजकीय, निजी र सहकारी० अबलम्बन गर्दै सबल र आत्मनिर्भर अर्थतन्त्रमार्फत समाजवादी दिशामा अघि बढ्न प्रतिबद्ध छौँ । यसक्रममा समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री र श्रममैत्री वातावरण निर्माण गर्ने संकल्प गर्दै उत्पादनमूलक क्षेत्रमा अवरोध अवरोध सैह्य नहुने उद्घोष गर्दछौँ ।

१९ यो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भई उद्घाटन र उर्जायुक्त संबोधन गर्नुभएकोमा पार्टी अध्यक्ष तथा प्रशिक्षणमा सहभागिता जनाई उत्साहजनक प्रशिक्षण दिनुभएकोमा पार्टीका वरिष्ठ नेताहरू, उपाध्यक्ष तथा महासचिव र पार्टीका सम्पूर्ण नेता कमरेडहरूलगायत सबै प्रशिक्षकहरूप्रति हामी आभार व्यक्त गर्दछौं ।

२० यस पोखरा महानगरमा यो कार्यक्रम आयोजनाको व्यवस्थापनमा संलग्न पार्टीको प्रदेश नं ४ संगठन कमिटी, काश्की जिल्ला कमिटी तथा मातहतका कमिटी र जनसंगठनहरूसहित भेला व्यवस्थापन कमिटीलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

मोर्चा संगठनमा आबद्ध जनसंगठनहरू
१। नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०
२। अखिल नेपाल किसान महासंघ
३। अखिल नेपाल महिला संघ
४। अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन
५। युवा संघ नेपाल
६। पेशागत महासंघ, नेपाल
७। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
८। नेपाल खेलकुद महासंघ
९। उत्पीडित जातीय मुक्ति समाज नेपाल
१०। राष्टिय जनसांस्कृतिक महासंघ नेपाल
११। नेपाल उद्योग तथा व्यवसायी महासंघ
१२ प्रगतिशील तथा पेशागत कानून व्यवसायी संघ नेपाल
१३ लोकतान्त्रिक मधेसी संगठन
१४ नेपाल मुस्लिम इत्तेहाद संगठन
१५ प्रेस चौतारी नेपाल
१६ मानवअधिकार एलाइन्स
१७ नेपाल बुद्धिजीवी परिषद
१८ भूतपूर्व सैनिक तथा प्रहरी संगठन
१९ लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन
२० नेपाल भूमिहीन सुकुम्बासी संगठन




सम्बन्धित समाचार


error: Content is protected !!