जाजरकोटमा ५ सय ६५ चालक ट्राफिक कारवाहीमा

नरेश राना

,जाजरकोट १ । ट्राफिक उलङ्घन गर्ने झण्डै ५ सय ६५   ट्राफिक ट्राफिक कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०७३÷७४ को साउन महिना देखि हाल सम्म ट्राफिक उलङ्घन गर्ने ५ सय ६५ गाडी कारबाहीमा परेका हुन् ।
२०७३ साउन महिनामा ७३ वटा, भदौ महिनामा ९३ वटा, असोज महिनामा ८३ वटा, कात्तिकमा ८४ वटा, मंसिरमा १ सय १६ वटा, पुस महिनामा ७९ वटा र माघ महिनामा ३७ वटा   ट्राफिक  कारबाहीमा परेको ट्राफिक कार्यालय जाजरकोटका प्रहरी नायब निरिक्षक गोपालपप्रसाद शर्माले बताए ।

त्यस्तैगरी ट्राफिक नीयम उलङ्घन गर्ने ५ सय ६५ वटा गाडीबाट ३ लाख १५ हजार राजश्व संकलन गरिएको प्रहरी नायब निरिक्षक शर्माले जानकारी दिए ।





error: Content is protected !!