महशुल नतिर्ने ग्राहकको लाइन काटियो , महशुल नतिर्नेमा सरकारी कार्यालयदेखि व्यापारीसम्म

इन्द्र ब बुढाथोकी
सल्यान , नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिरेको भन्दै २० ग्राहकको लाइन काटेको छ । पटक पटक बक्यौता रकम चुक्ता गर्न आग्रह गर्दा पनि अटेर गरेपछि २० ग्राहकको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण सल्लीबजारका प्रमुख लोकमान शाक्यले जानकारी दिनु भयो । यी ग्राहकबाट १ लाख ३ हजार ३ सय ५९ रुपैया अशुल गर्न बाँकी रहेको छ । विद्युतको लाइन काटिन थालेपछि महशुल तिर्नेको सख्या समेत उल्लेख्य वृद्धि आएको शाक्यको भनाई रहेको छ ।
कार्यालयका अनुसार हाल सम्म सबैभन्दा बढि महशुल रकम उठन बाँकीमा वागेश्वरी माध्यमिक विद्यालय रामक ३ सुर्खेत ११ हजार ९ यि २३ रुपैया रहेको छ । यस्तै भेरी राप्ती यातायात व्यवसायी समिति देवस्थल ६ सल्लीबजार ९ हजार ८ सय ८३ रुपैया ४८ पैसा, निमार्ण व्यवसायी दिपक जंग शाहको ७ हजार ४ सय ९१ लगायतका २० जनाको गरी १ लाख ३ हजार ३ सय ५९ रुपैया उठन बाँकी रहेको छ ।
अझै करिब २० भन्दा बढि सेवाग्राहीबाट अझै महसुल उठन बाँकी रहेको शाक्यको भनाई रहेको छ । हाल राकम युनिट कार्यालय सल्लीबजारमा १२ सय ग्राहक रहेका छन् । विद्युत महशुल नबुझाउनेमा सरकारी कार्यालयदेखि व्यापारी , संघ संस्था र सर्वसाधारण रहेका छन् ।
लाखौं बक्यौता उठन बाँकी भएपछि उर्जामन्त्री जनार्दन शर्माले महशुल नतिर्नेको लाइन काट्न निर्देशन दिएपछि प्राधिकरणले यस्ता ग्राहकहरुको लाइन काटन थालेको हो










