पाईप चोरी भएपछि ३६ लाखको सिचाई अवरुद्ध

जाजरकोट  । सिचाई योजनाको पाईप चोरी हुँदा मजकोट ६ का स्थानीयहरु सिचाई सुविधा वाट वन्चित भएका छन् । पिप्से वडार देखी पल्लाचौर सिचाई योजना निर्माण भएको दुई वर्ष नवित्दै पाईप चोरी भएको हो ।

दुई महिना अघि मुहानवाट करिव ४ सय मिटर लम्वाई रहेको पाईप चोरी भएको सिचाई योजनाका अध्यक्ष मरिमल तिरुवाले वताउनुभयो । पाईप चोरी भएसंगै यहाँका दुई सय भन्दा वढी घरधुरी सिचाई सुविधावाट वन्चित भएकोे वेलपत्री प्रावि मजकोट ६ का प्रधानाध्यापक रामवहादुर नेपालीले जानकारी दिनुभयो । गरिवी निवारण कोषको ३६ लाख रुपैयामा निर्माण गरिएको यो सिचाई योजना २०७० सालमा निर्माण गरिएको अध्यक्ष तिरुवाले वताउनुभयो । पाईपमा पानी आएको वेला मजकोट ६ का सवै गाउँलेको जमिनमा सिचाई गरि गहुँवाली लगाएत वेमौसमी तरकारी वाली लगाएका थिए । पाईप चोरी भएसंगै अहिले लगाएको अन्नवाली सिचाईको अभावमा सुक्न थालेको प्रअ रामवादुर नेपालीले वताउनुभयो । सिचाई भएको वेला तरकारी आफ्नै वारीमा उत्पादन गरिन्थ्यो भने अहिले वाहिरवाट खरिद गरि ल्याउनु परेको नेपालीको भनाई छ । पाईप चोरी गर्ने मानिसको खोजीका लागी यहाँका स्थानीयले प्रहरीमा उजुरी गरेपनि प्रहरीले सुनुवाई नगरेको उहाँको भनाई छ ।
अहिले सिचाईको सवै पानी वीच जंगलमा खेर गएको छ यत्ता हाम्रा जग्गाहरु वाँझै छन् , प्रहरीले साथ दिला भनेको तर केही भएन नेपालीको पिरलो पोख्ये । अधिकांश दलित समुदाय सिचाईको अभावमा पिडित भएको उनले वनाई छ । दलित समुदायले सिचाई गरेर उत्पादन गरि आत्मनिर्भर भएको देख्न नसक्ने केही मानिसका कारण सधै आफुहरु मर्कामा परेको प्रअ नेपालीको भनाई छ । सरकारले सवैले गरिखालान भनेर यत्रो सहयोग गरि सिचाई सुविधा पुर्यो यत्ता चोरले सवै सखाप वनायो , फेरी मर्मत गर्ने रकम हामी संग छैन् उनले भने ।





error: Content is protected !!