वीरेन्द्रनगर जुनियर जेसीजको पदहस्तान्तरण

सुर्खेत,  । वीरेन्द्रनगर जुनियर जेसीजको पदभार हस्तान्तरण तथा ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ । वर्ष २०१७ का लागि निर्वाचित कार्यसमितिलाई वर्ष २०१६ का अध्यक्ष खेमराज वलीले एक कार्यक्रमका बीच पदहस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथी वीरेन्द्रनगर जेसीजका सस्थापक महासचिव सम्भु पन्तले वीरेन्द्रनगर जुनियर जेसीजले युवाहरुलाई सहि बाटोमा हिडाएको भन्दै आगमी दिनमा पनि युवाहरुलाई सामाजिक कार्यक्रम अग्र्रसर बनाउँदै समाज विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । यस्तै विशेष अतिथी सुर्खेतका निमित्त जिल्ला शिक्षा अधिकारी भोजप्रसाद लम्सालले जेसीज र शिक्षा कार्यालयले शैक्षिक र चेतना मूलक कार्यक्रमहरु समन्वयमा गर्न सकिने भन्दै आगामी दिनमा शैक्षिक गतिविधिहरु जेसीजसंगै गर्न तयार भएको बताए ।

कार्यक्रममा नेपाल जेसीज वर्ष २०१५ का उपाध्यक्ष अनिल बहादुर शाही, वीरेन्द्रनगर जुनियर जेसीजका मानार्थ सल्लाहाकार देवेन्द्र सेजुवाल, वीरेन्द्रनगर जुनियर जेसीजका पूर्व अध्यक्ष श्रवणसिंह ठकुरी, भद्र भण्डारी, निवर्तमान अध्यक्ष भिम केसी, २०१७ का अध्यक्ष हरेन्द्र केसी, सुर्खेत महिला जेसीज वर्ष २०१७ का अध्यक्ष एकता बस्नेतले पनि जेसीज अभियानलाई अझ व्यापक बनाउनुपर्ने बताएका थिए । साथै जिल्लामा रहेका तीन वटै जेसीजहरुले एक साथ व्यक्तित्व र नेतृत्व विकासको अभियान चलाउने प्रतिबद्धता उनीहरुले जनाएका छन् । कार्यक्रमको सहजिकरण वीरेन्द्रनगर जुनियर जेसीजका पूर्व अध्यक्ष हरिलाल खड्का र राजकुमार सिजापतिले गरेका थिए भने पहिलो कार्यक्रम वर्ष २०१६ का अध्यक्ष खेमराज वलीको अध्यक्षता पदभारग्रहण पछिको कार्यक्रम वर्ष २०१७ का अध्यक्ष जगतराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा निर्माण व्यवसायि लोक बहादुर खत्री, क्रिष्टल इन्स्टिच्युटका प्रबन्ध निदेश महेश जिसी, जयबहादुर खत्री र दिलबहादुर खत्रीलाई सम्मान गरिएको थियो । वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१७ को कार्यसमिति अध्यक्षमा जगतराज अधिकारी, कार्यकारिणी उपाध्यक्षमा यज्ञ बहादुर खत्री, विवेचना खनाल, उपाध्यक्षमा दुर्गा प्रसाद शर्मा, विपना विष्ट, राम बिशाम, टिकाप्रसाद ढकाल रहेकाछन् । यस्तै मनोनित पदहरु महासचिवमा तिलक क्षेत्री, कोषाध्यक्षमा तुल्सि आचार्य, जिएलसीमा अर्जुन विक र सह सचिवमा मीना भण्डारी र अन्य संयोजकहरु रहेकाछन् ।





error: Content is protected !!