हेल्भेटास नेपालले जाजरकोटमा प्रयास र सहज कार्यक्रम सञ्चालन

बासुदेव शर्मा
, जिल्ला कृषि विकास कार्यालय जाजरकोट र प्रयास हेल्भेटास स्वीस इन्टरकोप्रेशन नेपालको आयोजनमा नेपाल कृषि सेवा विकास कार्यक्रम प्रयास नेपाल कृषि वजार विकास कार्यक्रम सहजको जिल्ला स्तरिय अभिमुखिकरण गोष्ठी शुक्रवार जिल्ला विकास समितिको सभाहलमा सम्पन्न भएको छ ।
हिजो भएको कार्यक्रममा संचालन हुने कार्यक्रमको परिचय, लक्ष्य ,उद्धेश्यका विषयमा हेल्भेटास नेपाल जाजरकोटका कार्यक्रम संयोजक शान्ति राइले उपस्थित सहभागीहरुलाई स्पष्ट पार्नु भएको थियो ।
नेपालमा कृषि पेशामा आत्मा निर्भर भएपनि हालको कृषिको अवस्था खस्कदो स्थितिको भएकोले नेपालको कृषि नितिलाई आधुनिकिकरण गर्दै किसानको जिवनस्तरमा सुधार ल्याउनको लागी नेपाल सरकार र स्वीस सरकारले बह्रार वर्ष सम्मको लागी सम्झौता भएको कार्यक्रमको कृषि विकास मन्त्रालय र पशु पंक्षि विकास मन्त्रालयद्धारा संचालन हुने जनाइएको छ । नेपाल कृषि सेवा विकास कार्यक्रम ९प्रयास०को पहिलो चरणमा ८२ करोड वजेट रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
कार्यक्रमले समेटेको क्षेत्र भित्र महिला पुरुष दुवै लाई सगसगै अगाडि वढाउने लक्ष्य राखेको छ । किसानको बोलीलाई सम्वोधन गर्दै जाने कृषिका क्षेत्रमा गाउ स्तरमा केहि वर्ष यता काम गर्दै आएको कृषि वन तथा बातावरण समितिहरुलाई सक्रिय वनाउने विदेशवाट फर्केका युवाहरुलाई कृषि कार्यबाट स्वरोजगार वनाइ कृषि विकासमा जोड दिने लक्ष्यका साथ कार्यक्रम शुरु भएको हो ।
कार्यक्रम पुर्वका रमेछाप, ओखलढुङ्गा, खोटाङ लगाएत पाँच जिल्ला र पश्चिमका सुर्खेत जाजरकोट दैलेख र कालिकोट जिल्लाहरुका संचालन भएको कुरा वताउदै नेपाल कृषि वजार विकास कार्यक्रम ९ सहज ० सुर्खेतका जनक स्वर्णकारले आगामी चार वर्षको कुल वजेट बहत्तर करोड भएको जानकारी दिनु भएको थियो ।
जिल्लामा जिल्ला कृषि विकास कार्यालय र स्थानिय स्तरमा कृषि सेवा केन्द्र मार्फत कार्यक्रम संचालन गर्ने कुरा बताउनु भयो । किसानहरुले उत्पादन गरेका वस्तुहरुको मुल्य श्रंखलामा सुधार ल्याउने, वजारीकरणको सहजता गर्दै स्थानिय स्तरमा रहेका गरिव, विपन्न पछाडी परेका किसानहरुलाई सहयोग गर्ने किसानहरुका उत्पादीत वस्तुहरुलाई बजारीकरण गर्दै कृषि पेशामा किसानहरुलाई सक्रिय गराउदै लिने कुरा सहभागीहरुलाई प्रकास पार्नु भएको थियो ।
उहाँले नेपाल कृषि वजार विकास कार्यक्रम  सहजको जाजरकोट जिल्लामा कर्मचारी नभएको र आफुले सुर्खेत वाटै हेर्ने समय समयमा आफै आउने कुरा वताउनु भयो ।
यस आइपिले हाल सम्म २० वटा योजना सम्पन्न गरेकोे, सम्पन्न भएका योजनहरुका ७० जना उपभोक्ता समितिहरुलाई मर्मत सम्भार सम्वन्धि तालिम दिएको गत वर्षका ४ वटा योजनहरु सम्पन्नहुने अन्तिम चरणमा पुगेको एस आइपि कार्यक्रका महेश ढुङ्गाणले जानकारी दिनु भयो ।
नेपाल कृषि सेवा विकास कार्यक्रम प्रयास नेपाल कृषि वजार विकास कार्यक्रम ९ सहज ०जाजरकोटका कार्यक्रम संयोजक अंन्जन अधिकारीले कार्यक्रमको पहिलो चरण भएकोले जाजरकोटमा चारवटा गाविसमा २५० घरधुरीहरुमा गरिव विपन्न, कृषि कार्यमा पछाडी पारेका वर्गहरुलाई सहयोग पुरयाउने गरी कृषक समुह, कृषि तथा वन बातावरण समितिहरुसग कार्यक्रमहरु संचालन गर्ने वताउनु भयो ।
उहाँले यस वर्ष जाजरकोट जिल्लाम छतिस लाख तिन हजार बजेट रहेको जानकारी गराउदै कार्यक्रम संचालन गर्न चारवटा गाविसहरु जिल्ला स्तरिय कृषि सरोकार समितिले अनुमोदन गरे आफना कृयाकलापहरुलाई निरन्तरता दिने कुरा सहभागी विच राख्नु भएको थियो ।
जिल्लामा क्रियासिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, स्थानिय विकास अधिकारी इन्द्र गौतम, कृषि विकास वैकका प्रतिनिधि पशु सेवा कार्यालयका प्रमुख लगाएत गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अध्यक्ष तथा स्थानिय विकास अधिकारी इन्द्र गौतमले स्थानिय नागरीकहरुको भविश्य निर्माणकोलागी धेरै कार्यक्रमहरु जिल्लामा भित्रिएकोले कार्यक्रमहरुलाई स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना दिदै कार्यक्रमहरुलाई सहि सदुपयोग संचालन गरिदिन आग्रह गर्नु भयो ।
उहाँले कार्यक्रम संचालनका लागी सरोकार समितिले निर्णय गरेर छिटै दिने कुरा वताउदै आफना भनाइहरु सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता स्थानिय विकास अधिकारी इन्द्र गौतमले गर्नु भएको थियो भने कार्यक्रम संचालन जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपालीले गर्नु भएको थियो ।





error: Content is protected !!