६ बर्ष पछि बन्दै अस्पतालकोे प्रसुती केन्द्रको भवन

IMG_8246जाजरकोट , जिल्ला अस्पताल जाजरकोटको प्रसुति कक्ष भवन ६ वर्ष पछि निर्माण हुने भएको छ । भवन निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीले कामै छोडेर भागे पछि सो भवन ६ वर्षदेखि अलपत्र परेको थियो ।
भवन निर्माणको काम समयमा पुरा नहुदा महिलाहरुलाई सुरक्षित सुत्केरी सेवा लिन समस्या भएको छ । भवन अभावमा नियमित रुपमा सुरक्षित सुत्केरी सेवादिन समस्या हुदै आएको अस्पतालले जनाएको छ । प्रसुती गराउँन एउटा कोठामा ३÷४ जना महिलाहरु सुत्केरी हुन आए राख्ने ठाउँ नै छैन । ठेकेदारले भवन निर्माणको काम नगर्दा सेवा दिन कठिननाई परेको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक बर्ष २०६८,०६९ मा ठेक्का भई भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्सन प्रा। लि कोठेश्वर ९३५० काठमाडौंले कामको जिम्मेवारी जाजरकोटका पेटी ठेकेदार बिश्व मल्लले लिएका थिए । २०६८,१२,२६ मा सम्झौता भैइ २०७०,८ ,२९ मा कार्य सम्पन्त गर्नु पर्ने सो भवन निर्माणको काम मल्लले अपलपत्र पारेर छोडेका थिए । भवनमा रुख विरुवा उम्रीएका थिए ।
भवनको १ करोड १६ लाख ८५ हजार ठेक्काको भवन निर्माणको काम निर्माण व्यवसायीले ७४ लाख ६६ हजारमा लिएका थिए । मल्लले १५ लाख वढी रकम भुत्तानी लगि सकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । व्यवसायीलाई पटक पटक ताकेता तथा पत्र पत्रिकामा सुचना जारी गरेको थियो । भवन निर्माणको काम अलपत्र परेको र काम नगर्ने व्यवसायीलाई कालो सुचिमा राख्ने प्रक्रीया अघि बढाएपछि अहिले भवन निर्माणको काम अगाडि बढेको पेटी ठेकेदार डिल्ली प्रसाद न्यौपानेले बताए । अव ४८ लाख रकम छ त्यसैबाट असार मसान्तमै भवन निर्माण गर्ने गरी काम अगाडि बढेको उनले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!