सात सीडीओसहित २१ उपसचिवको सरुवा सूचीसहित

काठमाडौ ,
गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० सहित २१ उपसचिवको काज सरुवा गरेको छ । गृह मन्त्रालयले म्याग्दी, सल्यान, खोटाङ, जुम्ला, जाजरकोट, दार्चुला र रोल्पाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।
गृहले अध्यागमन कार्यालय कोदारीका प्रमुख प्रल्हाद पोख्रेललाई खोटाङ, गृह मन्त्रालयका राजुप्रसाद पौडेललाई म्यादी, कपिलवस्तुका सहायक सीडीओ भरतकुमार बुढाथोकीलाइ सल्यान र क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका नारायणप्रसाद सापकोटालार्इ जुम्लाको सीडीओ बनाएको छ ।
गृहले पर्साका सहायक सीडीओ डिजन भट्टराइलाई रोल्पा, इलाका प्रसाशन कार्यालय दमकका वासुप्रसाद कोइरालालाई दार्चुला र गृह मन्त्रालयका हरिप्रसाद प्याकुरेललाई जाजरकोटको सीडीओ बनाएको छ । गृह मन्त्रालयले अन्य १४ जना उपसचिवको जिम्मेवारी समेत हेरफेर गरेको छ ।
गृहले म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, खोटाङका चन्द्रबहादुर कार्की र जाजारकोटका जनार्दन गौतमलाई मन्त्रालय सरुवा गरेको छ ।
गृहले सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलाई पर्साको सहायक सीडीओ , सप्तरीका सहायक सीडीओ रामेश्वर अर्याललाइ कपिलबस्तुको सहायक सीडीओ , जुम्लाका सीडीओ रुद्र प्रसाद पण्डितलाई क्षेत्रिय प्रशासन कार्यालय सुर्खेतमा सरुवा गरेको छ ।
त्यस्तै गृहले दार्चुलाका सीडीओ मोहनराज जोशीलाई बाँकेको सहायक सीडीओ , बाँकेका सहायक सीडीओ जगतबहादुर बस्नेतलाई इलाका प्रशासन कार्यालय टिकापुर, गृह मन्त्रालयका केशवबहादुर थापालाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत, इलाका प्रशासन कार्यालय टिकापुरका उपसचिव गणेशप्रसाद आचार्यलाई दाङको सहायक सीडीओ , गृह मन्त्रालयका भीमप्रसाद तिवारीलाई सहायक सीडीओ झापा, गृहका नुरहरी खतिवडालाइ सिन्धुलीको सहायक सीडीओ , धनुषाका सहायक सीडीओ राजेश गिरीलाइ सुनसरीको सहायक सीडीओ र पर्साका सहायक सीडीओ अनुज भण्डारीलाई क्षेत्रीय प्रशासन कार्यालय हेटौडामा सरुवा गरेको छ ।










