शक्ति वस्नेतको चुनावी नारा एक वर्ष भित्र पुरा सव स्टेशन सम्मा केन्द्रिय लाईनको विद्युत परिक्षण

12665905_963444187083107_1907308616_nजाजरकोट । जाजरकोटको कुदुमा केन्द्रिय विद्युत प्रशारण लाईनको वुधवार परिक्षण गरिएको छ । ३३ केभी प्रशारण लाईन सुर्खेतको राकमवाट जाजरकोटको कुदुमा रहेको सव स्टेशन सम्मा पुर्याएको हो । लामो समयको प्रतिक्षा पछि जाजरकोटको कुदुमा रहेको सव स्टेशनमा विद्युत पुगेको हो । एक हप्ताkk2 भित्र रुकुमको चौरजहारीमा समेत यो विद्युत जोडिने वितरण केन्द्र प्रमूख दिपक जंग चौधरीले वताउनुभयो । अवको एक महिना भित्र वाँकी रहेका ठाउँमा तार जोड्ने क्रम जारी रहेकाले सकिने वितिकै सदरमुकाममा विद्युत जोडिने चौधरीले वताउनुभयो । एक वर्ष अघि तत्कालिन गृहमन्त्री शक्तिवहादुर वस्नेतले कुदुमा रहेको सवस्टेशनको औपचारिक उद्घाटन गरि एक वर्ष भित्र केन्द्रिय विद्युत लाईन जाजरकोट जोड्ने आश्वसन दिनुभएको थियो । एक वर्ष भित्र केन्द्रिय लाईन जोड्ने वाँचा सफल भएपछि स्थानीय निकै खुसी भएका छन् ।





error: Content is protected !!