त्रिबेणी बजारमा अनुदाको चामल अलपत्र स्विकृत कोटा अनुसारको खाद्यान्न समयमै नपु¥याउनु ठेकेदारको नियती

रामचन्द्र न्यौपाने

दुनै(डोल्पा) ,डोल्पाका लागी पठाईएको अनुदानको १२ सय क्विन्टल अनुदानको चामल रुकुम—डोल्पाको सिमावर्ती क्षेत्र त्रिबेणी बजारमा अलपत्र परेको छ ।
ढुवानीको जिम्मा पाएको इन्द्रजित कन्ट्रक्सनले ढिलाई गरेपछि चामल अलपत्र परेको हो ।
खच्चड व्यबसायिले निर्माणाधिन जाजरकोट—डोल्पा सडकखण्डको असहज अवस्था देखाउँदै डोल्पा लैजाने सम्पुर्ण सामानहरुको ढुवानी रकममा थप ५ रुपैँयाँ बृद्धि गरेर प्रतिकिलो रु २८ पु¥याएपछि तिन महिना देखि सो परिमाणमा चामल अलपत्र परेको बताईएको छ ।
लामो समयदेखि गोदाममै थन्किएको चामल हेरफेरकालागि खाद्य संस्थान एकपटक पनि पुगेको छैन ।
जिल्ला खाद्य प्रमुख हरि प्रसाद जोशीका अनुसार आ.व ०७३र७४मा स्विकृत २२ हजार ५ सय ५० क्विन्टल खाद्यान्न कोटा अन्तर्गत अहिलेसम्म २६ सय ८० क्विन्टलमात्र यहाँका दुनैँ,जुफाल,लिकु लगाएतका डिपोहरुमा पुगीसकेको र बाँकी १९ हजार ३ सय २० क्विन्टल खाद्यान्न आउन बाँकी रहेको बताउनुभयो ।
प्रत्येकबर्ष डोल्पाकालागी स्विकृत खाद्यान्न ठेकेदारको लापरवाहीले समयमै ढुवानी नहुँदा पटक पटक डोल्पालीले खाद्यान्नको अभाव खेप्नुपर्ने बाध्यता रहेको जोशीको भनाई छ ।
एक आर्थिक बर्ष भित्र सबै स्विकृत खाद्यान्न सम्बन्धित डिपोहरु सम्म पु¥याईसक्नुपर्ने नियम भएतापनि बिभिन्न वाहाना देखाउँदै खाद्यान्न नपु¥याउनु ठेकेदारको नियतीनै बनिसकेकोमा दुखःव्यक्त गर्नुभयो ।
अलपत्र खाद्यान्नको यथाशिघ्र ढुवानीकोे बिषयमा छलफलगर्नको लागि केही दिनभित्र जिल्ला खाद्य व्यस्था समितीकोे बैठक बस्ने बताईएको छ ,सो बैठकमा ठेकेदारलाई समेत बोलाएर ताकेता गरिने बताईएको छ ।





error: Content is protected !!