यस्तो छ भावी आईजिपीका दाबेदार चार डिआईजीको ‘जन्मकुण्डली’ !

नेपाल प्रहरीले नयाँ नेतृत्व पाउन अब ठीक तीस दिन बाँकी छ । हालका प्रहरी महानिरीक्षक (आईजिपी) उपेन्द्रकान्त अर्याल आफ्नो नियमित कार्यकाल सकेर फागुन २ गते प्रहरी संगठनबाट बिदा हुँदैछन् । उनको कार्यकाल तुलनात्मक रुपमा कम विवादित भए पनि राजनीतिक नेतृत्वसँगको सम्वन्ध भने उनको त्यती सुखद हुन सकेन ।
अर्याललाई हटाउन प्रहरी भित्रैबाट पटकपटक चलखेल भएपनि अन्ततः उनी ३० वर्षे सेवाअवधिका कारण नियमित अवकासमा जाँदैछन् । आईजीपी अर्यालको कार्यकाल सकिँदै लाग्दा प्रहरीमा नयाँ नेतृत्वको रुपमा कसले बाजी मार्ला भन्ने चर्चा पनि संगसंगै सुरु भएको छ ।
२०४४ सालमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका र हाल डिआईजी रहेकाहरुबाट नै नेपाल प्रहरीको २५ औ महानिरीक्षकको चयन हुने पक्कापक्की छ । हाल प्रहरीमा भावी आईजिपीका लागी चार जना डिआईजीहरु प्रतिस्पर्धामा छन् । सरकार र प्रहरी संगठनको नेतृत्वको अर्दुरदर्शीताको कारण प्रहरीमा यसपटक सिधै डिआईजीवाट आईजिपी वन्ने भाग्यमानी ०४४ सालमा प्रहरी सेवामा प्रवेश गरेका निरीक्षकहरु(जो हाल डिआईजी छन्) बन्ने छन् ।
यसअघि एआईजीमा केही समय काम गरेपछि मात्रै आईजिपी बनाउने प्रचलन थियो । केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) मा कार्यरत डिआईजी नवराज सिलवाल भावी आईजिपीको प्रवल दावेदार मात्र होईनन वरियतामा पनि एक नम्बरका डिआईजी हुन । ट्राफिक महाशाखाको प्रमुख रहेका डिआईजी प्रकाश अर्याल दुई नम्वरमा, लागू औषध ब्युरोमा कार्यरत डिआईजी जयवहादुर चन्द तीन नम्वरमा र प्रहरीको विशेष ब्युरोमा कार्यरत डिआईजी बमबहादुर भण्डारी चार नम्बरमा रहेका छन् ।
प्रहरीमा उनीहरु चारै जना एकै दिन २९ चैत २०४४ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यतीमात्र होईन एसएसपीवाट डिआईजी उनीहरु एकै दिन ०६९ पुष ०४ मा बढुवा भएका थिए । विगतमा प्रहरी महानिरीक्षकको लागी प्रहरी भित्र अस्वस्थ प्रतिस्पर्धा भएझै यसपटक पनि प्रहरीमा त्यही रोग सतहमा देखिएको छ । यसअघि पनि आईजिपीका लागी उपेन्द्रकान्त अर्यालसंगै राजेन्द्रसिंह भण्डारी र सुरेन्द्र शाहहरु पनि आईजिपी वन्न प्रतिस्पर्धामा थिए भने त्यसअघि कुवेर सिंह रानाको पालामा पनि नवराज ढकाल र भिष्म प्रसाईहरु प्रतिस्पर्धामा थिए ।
उनिहरुको पालामा पनि संगठनको नेतृत्व हत्याउन निकै अस्वस्र्थ प्रतिस्पर्धा प्रहरीमा भएको थियो । प्रहरीमा आईजिपीका लागी जति अस्वस्थ प्रतिस्पर्धा भएपनि विगत २५ वर्ष यता वनेका सरकारले गरेका निर्णयहरु हेर्दा वरियतालाई नै आधार मानेर नेतृत्व चयन गरेको देखिन्छ । लोकतन्त्रपछि एउटा मात्र घटना यस्तो छ जहा एक नम्बरका एआईजी रविन्द्रप्रताप शाह (हाल सभासद) लाई बढुवा नदिएर दुई नम्वरका एआईजी रमेश चन्द ठकुरीलाई आईजिपी बनाउने निर्णय भएको थियो ।
स्रोतकाअनुसार त्यतिवेला चन्दलाई आइजिपी बनाउनुको पछाडी पैसा नै मुख्य कारण रहेको थियो । हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री र एमाले नेता वामदेव गौतम गृहमन्त्री भएको वेला चन्द आईजिपी भएका थिए । सुरक्षा निकायमा वरियता भनेको एउटा महत्वपुर्ण कडि हो । हालसम्म प्रहरीमा मात्र होईन सेना र शसस्त्रमा पनि वरियतालाई मिचेर संगठनको नेतृत्व जुनियरलाई दिएको इतिहास देखिदैन । संगठनको मुल नेतृत्वमा वरियतालाई आधार मानेपनि तल्लो तहमा भने जस्को शक्ति उस्को भक्ति भनेझै पावर र पैशाले काम गर्ने गरेको देखिन्छ ।
प्रहरीको नियमावलीमा के छ ?
देशकै सवैभन्दा शक्तिशाली र पुरानो संस्था नेपाली सेनामा नेतृत्व चयन हुदा प्रधानसेनापति नै सर्वेसर्वा हुने गरेको भएपनि प्रहरीमा त्यो कुरा लागु हुदैन । सेनाको सैनिक ऐनमा प्रधानसेनापतिको सिफारीसमा वरिष्ठतम रथीबाट प्रधानसेनापति चयन हुने व्यवस्था भएपनि प्रहरीको नियमावलीमा वहालवाला महानिरीक्षकको भुमिका लगभग सुन्य छ । जसका कारण नेतृत्वका आकांक्षीहरु संगठनको नेतृत्वप्रती उत्तरदायी हुनेभन्दा राजनितिक नेतृत्वसंग बढी उत्तरदायी हुदा प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप धेरै छ । प्रहरीमा राजनितिक हस्तक्षेपका कारण संगठन दिनप्रति दिन कमजोर समेत वन्दै गएको छ । सुरक्षा निकायमा नेतृत्वमा पुग्न वरियता र कार्यदक्षतालाई प्रमुख आधार मान्ने गरिन्छ । तर,कतिपयले एकै दिन बढुवा भएको र एकै दिन भर्ना भएकोले त्यसमा वरियताको अर्थ नहुने तर्क पनि गर्ने गर्छन । कुनै औपचारीक समारोहमा बस्नुपर्दा मात्र होईन औपचारीक समारोहमा सवारी हुदा पनि त्यसको लाइन सिनियरटीअनुसार मिलाउनुपर्ने हुन्छ । वरियताको मापदण्ड एकै पटक तोकिने होईन । चाहे प्रहरी होस चाहे सेना सवैमा उसको कमाण्ड,कार्यसम्पादन तथा मुल्यांकनका आधारमा सिनियर जुनियर हुने हो । प्रहरीको ऐनमा पनि वरिष्ठता भन्ने शव्दलाई कोड गरिएको छ । प्रहरी नियमावलीमा वरिष्ठता,कमाण्ड कार्यसम्पादन तथा मुल्यांकनका आधारमा अतिरिक्त महानिरीक्षक तथा नायव महानिरीक्षकहरु मध्येवाट सरकारले आईजिपी बनाउन सक्छ भन्ने उल्लेख गरिएको छ । सुरक्षाविद् डा.इन्द्र अधिकारी वरियताका साथै कमाण्ड गर्न सक्ने क्षमता, इमान्दार र अनुभवलाई आधार मानेर संगठनको नेतृत्व चयन गर्नुपर्ने बताउछिन् ।
यस्तो छ आईजिपीका प्रतिस्पर्धी डिआईजीको ‘जन्मकुण्डली’
नवराज सिलवाल
काठमाण्डौको गोदावरीमा जन्मेका डिआईजी नवराज सिलवाललाई प्रहरीभित्र मात्र होेईन वाहिर पनि वौद्धिक,व्यवसायिक र पारदर्शी प्रहरी अधिकृतका रुपमा सवैले चिन्छन् । प्रहरी भित्र सेलेब्रेटीको रुपमा पहिलो परिचय पनि उनै सिलवालले बनाएका हुन । काठमाण्डौको जेभियर स्कुलमा पढेका सिलवालको जागिरको लामो अवधी प्रहरी मुख्यालय र राष्ट्रसंघमा काम गरेर वित्यो । उनि अहिले पनि कानुन र मानवअधिकार पढाउने भिजिटङ प्रोफेसरका रुपमा वेला–वेला संसारका विभिन्न विश्वविद्यालयमा पढाउन जाने गरेको प्रहरीका उच्च अधिकारी वताउछन् । सिलवालले एमविए र एमपिएसहित पाच ओटा विषयमा मास्टर ड्रिग्री गरेका छन् । कथाकारको समेत परिचय बनाएका उनि राम्रा लेखकका रुपमा समेत चिनिन्छन् । सिलवालको मोजाम्विक,टिमोर,जेनेभा,लाइवेरिया र न्युयोर्कमा वसेर राष्ट्रसंघको छातामुनी काम गरेको अनुभव छ । युएनको राजनितिक विभागमा रहेर वेस्ट अफ्रिका समुहमा रहेर काम गर्नुका साथै जेनेभामा मानवअधिकार उच्च आयोगमा, लाइवेरियामा फौजदारी न्याय प्राणाली निर्माण गर्ने क्रममा विज्ञको रुपमा काम गरेको अनुभव पनि डिआईजी सिलवालसंग छ । सिलवालसंग भाषागत दक्षता र अन्र्तराष्ट्रिय अनुभव धेरै भएकै कारण प्रहरीका सवैजस्तो प्रमुखले उनलाई मुख्यालयमै जिम्मेवारी दिने गरेको उनका एक सहकर्मीले मुलधारलाई बताए ।
सिलवालले प्रहरी निरीक्षक हुदा भैरहवा ,डिएसपी हुदा दोलखा र तनहुमा र एसपी हुदा काठमाण्डौमा काम गरेका थिए । काठमाण्डौमा एसपी हुदा सिलवालले नै गुण्डागर्दी र संगठित अपराधको जालो तोडेका थिए । सिलवाल काठमाण्डौ प्रहरी प्रमुख हुदाखेरी नै हालका प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री भएका थिए । सिलवाल प्रहरी भित्र राजनिति,अर्थ र समाज राम्रोसंग वुझेका व्यवसायिक अधिकृतका रुपमा चिनिन्छन् । उनको प्रचण्डसंग मात्र होईन कांग्रेस सभापति शेरबहादुर देउवासंग पनि निकै सुमधुर सम्वन्ध छ । सिलवाललाई गृहमन्त्री विमलेन्द्र निधि,कांग्रेस महामन्त्री शशांक कोइराला,पुर्व गृहमन्त्रीहरु शक्ति वस्नेत र पुर्णबहादुर खड्काको दरिलो साथ रहेको चर्चा छ । गृहमन्त्री निधीले त एक संचारमाध्यममा प्रचलित कानुन र वरियतालाई आधार मान्ने प्रहरी संगठनको नेतृत्व चयन गर्ने भन्दै भावी आईजिपीमा सिलवालको विकल्प नभएको संकेत समेत दिइसकेका छन् ।
प्रकाश अर्याल
दाङमा जन्मेका डिआईजी प्रकाश अर्याल बौद्धिक प्रहरी अधिकृतका रुपमा चिनिए पनि जनसम्र्पक भने निकै कम भएका प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । स्नातक तह अध्ययन गरेका अर्याल प्रहरी भित्र लाभको पद पाएका अधिकृतका रुपमा सवैले चिन्ने गर्छन् । भैरहवादेखी सिआईवीसम्म काम गरेका अर्याल वेसिकमा अघि रहेपनि विभिन्न जिल्लामा वस्दा लागेको आर्थीक अपारदर्शीताको आरोपले उनि पछि परेका थिए । डिआईजी अर्याल वुटवल र भैरहवामा वस्दा हिरा गायव पारेको आरोप लाग्नुको साथै प्रहरीमा चर्चीत ३५ किलो सुनको सुराकी प्रकरण र वुटवलमा हुदा भ्याट छलिमा पनि नाम जोडिएर अख्यितारको छानविनमा परेका प्रहरी अधिकारी हुन । उनि हालका आईजिपी उपेन्द्रकान्त अर्यालले सवैभन्दा बढी रुचाएका प्रहरी अधिकृत हुन । डिआईजी अर्यालको लागी उपेन्द्रकान्त अर्याल मात्र होईन, वहालवाला अर्थमन्त्री कृष्णबहादुर महरा,पुर्व गृहमन्त्रीहरु वामदेव गौतम, खुुमबहादुर खड्का,सिचाई मन्त्री दिपक गिरी र एमाले नेता शंकर पोखरेल,दाङका कांग्रेस नेता तथा सांसद डिल्ली चौधरीका साथै धनाढ्य व्यापारी उपेन्द्र महतो समेत लविङमा छन् ।
जयवहादुर चन्द
सुदुरपश्चिमको वैतडी घर भएका डिआईजी जयवहादुर चन्द पनि आइजिपीको लागी दौडमा छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका चन्द वरियतामा पछि भएपनि सुदुरपश्चिमको नाराका कारण भावी आईजिपीको लागी चर्को दौडमा छन् । प्रहरीमा सवैभन्दा बढी जिल्ला वसेर काम गर्ने भाग्यमानी चन्द आर्थीक रुपमा अपारदर्शी रहेको आरोप उनकै सहकर्मीहरुले लगाउने गरेका छन् । फिल्डमा वसेर काम गरेको अनुभव भएपनि नितिगत तहमा वसेर काम गरेको अनुभव उनिसंग छैन् ।
विरगंज,रौतहट,पर्वत र हेटौडाजस्ता जिल्लामा बस्दा चन्दले आर्थीक लाभ लिएको आरोप उनिमाथी छ । व्यवसायीक दक्षता नभएपनि जनसम्र्पकका हिसावले चन्द प्रहरीमा माहिर खेलाडीका रुपमा चिनिन्छन् । केही समय अघि आईजिपी वन्न भारत गएको आरोप पनि उनिमाथी लागेको थियो । चन्दलाई भौतिक योजनामन्त्री रमेश लेखक, पुर्व गृहमन्त्रीहरु भिम रावल,कृष्ण सिटौला, कैलालीका कांग्रेस नेता मनु शाह,नेत्रविक्रम चन्द, माओवादी नेतृ रेणु चन्द,कांग्रेस नेता विनयध्वज चन्दलगायतको साथ रहेको छ ।
बमबहादुर भण्डारी
डिआईजी वमबहादुर भण्डारीले हालका प्रधानसेनापति राजेन्द्र क्षेत्रीका बहिनी ज्वाई हुन । विएस्सी अध्ययन गरेका भण्डारी प्रहरीमा सवैभन्दा कम चिनिने उच्च अधिकारी हुन । विशेष व्युरोका प्रमुख रहेका भण्डारी अनुसन्धानमा दक्ष प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । तनहुँका स्थायी वासिन्दा भण्डारीसंग जिल्लामा काम गरेको खासै अनुभव नभए पनि डिआईजी हुँदा पश्चिमान्चल क्षेत्रको प्रमुख भएर काम गरेको अनुभव भने उनीसँग छ । भण्डारी सबैभन्दा वढी विदेश तालिम गर्ने भाग्मानी प्रहरी अधिकृत समेत हुन् । उनी वरियतामा चौथौ नम्वरमा छन् । डिआईजी भण्डारीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्री, कांग्रेस नेता रामचन्द्र पौडेल,चन्द्र भण्डारी र वनमन्त्री शंकर भण्डारीको साथ रहेको छ ।










