वजेट सक्न दलिय भागवण्डामा सडक निर्माण

माघ ३ जाजरकोट । ८ किलोमिटर सडक निर्माण गर्न गर्खाकोटका तीन दलले आफ्नो भाग वण्डा गरेका छन् । जिल्ला विकास समिति,गाविस र सांसद विकासको रकम लाई भाग वण्डा गरी उपभोक्ता समिति निर्माण गरि सडक निर्माणमा तीन दल जुटेका हुँन् । गर्खाकोट गाविसको वडा नं १ वाट २ सम्मा गर्खाकोट गाविसको रु २० लाख २२ हजारमा सडक निर्माणको जिम्मा नेकपा एमालेले जिम्मा लिएको छ । नेकपा एमालले प्रमेश्वर शाहलाई उपभोक्ता समितिको अध्यक्ष वनाएको छ । वडा ३ देखी ४ नम्वर सम्मा संयूक्त रुपमा नेपाली काग्रेसको अध्यक्ष र माओवादी केन्द्रले सचिव भएर काम सुरु गर्न थालेका छन् । यो सडक निर्माणका लागी सांसद विकासको रु १७ लाख र जिविसको रु १८ लाख रुपैयाको भाग कांग्रेस र माओवादी केन्द्रको भाग वण्डामा परेको छ । दलिय भाग वण्डा गरेर सडक निर्माणमा जुटेको देख्दा स्थानीयहरुले वाटो निर्माण भन्दा पनि रकम वाँडेर खाने दाउँमा दलहरु लागेको गुनासो गरेका छन् । दलहरु मिलेर वजेट सक्न आ आफ्नै समिति गठन गरी तैचुप ,मैचुप गरेर अगाडी वढेपछि वजेट अनुसारको सडक निर्माण कार्य पुरा नहुँने हो की भनेर स्थानीय चिन्तामा परेका हुँन् ।
हेमन्त के सी रासस





error: Content is protected !!