प्रतिवन्धित पाँच औले सहित वोहोरा पक्राउ


जाजरकोट , । ईलाका प्रहरी कार्यालय दल्लीले डोल्पा नर्कु गाविस वडा १ का ६७ वर्षीय नामवहादर वोहोरालाई पक्राउ गरेको छ । खगेनकोट गाविसको वडानं ८ स्थित प्रहरी चेक पोष्टमा भगवती वाट वगराका लागी आएको भे १ ज ५७६ नम्वरको जीपमा चेक,जाँच गर्दा ३ किलोग्राम पाँचऔले सहित वोहोरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । पक्राउ परेका वोहोरालाई आईतवार नै जिल्ला वन कार्यालयमा वुझाएको छ । पाँचऔले प्रतिवन्धित जडीवुटीमा पर्दछ ।










