हिउँ परेपछि किसानमा हर्ष फोटो फिचर

एलपी देवकोटा, जुम्ला
माघ , जुम्लामा आइतबार बिहानैदेखि हिमपात भएको छ । यस वर्ष पुसको अन्तिम साताको आइतबार पहिलो पटक हिउँ परेको थियो भने माघको पहिलो साताको आइतबार दोस्रो पटक हिमपात भएको हो । गत वर्षतिर मंसिरको दोस्रो हप्तामा हिमपात हुने गरेको थियो भने यस वर्ष पुसको अन्तिम साता र माघको पहिलो साता हिउँ परेपछि किसानहरु खुसी भएका छन् ।











गत भदौदेखि पानी र हिउँ नपर्दा हिउँदे र लेकाली बाली सबै सुक्ने अवस्थामा पुगिसकेको थियो । हिउँ परेपछि किसाहरुलाई फाइदा पुग्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
हिउँदेबाली जौ, गहुँ, मकै, आलु लगायतका बाली र स्याउ, ओखर लगायतका फलफूललाई राम्रो गर्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले बताए । उनले भने हिमपात र चिसोले कामकाज तथा हिडडुल गर्न अप्ठ्यारो परेपनि यतिखेरको हिउले किसानलाई भने ठूलो फाइदा पुग्ने छ ।
हिउँदको समयमा सिँचाइको अभाव हुने भएकोले जुम्लासहितका हिमाली जिल्लामा हिउँले सिंचाइको काम गर्छ ।






कान्तिपुर वाट ।









