३ सय १५ किलो बजनकी युवतीको इच्छा छ अझै मोटो हुने, ‘ब्वाइफ्रेण्ड’ खुवाउँछन् सोलीबाट दूध

संसारमा मान्छेका इच्छा पनि बडो गजबका हुन्छन् । अमेरिकाको टेक्सस निवासी एउटी ३ सय १५ किलो बजनकी युवतीको इच्छा छ अझै धेरै मोटो हुने र संसारकै मोटी महिला बन्ने । उनले भनेकी छन्, ‘मैले संसारकै मोटी महिलाको रेकर्ड नतोडेसम्म म खुशी हुनेछैन ।’

आफ्नी प्रेमिकालाई सोलीबाट दूध पिलाउँदै सिद

मोनिका रिले नाम गरेकी ती युवतीले आफ्नो प्यारो ब्याइफ्रेण्डको सहयोगले ४ सय ४४ किलोग्राम तौल नाघ्ने लक्ष्य राखेकी छन् । २७ वर्षे यी युवती मोटो बनेर ओछ्यानमै लडीरहन चाहन्छिन् । ठुलो तौल भएका महिलाहरूको वेबसाइटमा मोडलिङ समेत गर्ने उनी भन्छिन् , ‘यो ब्वाइफ्रेण्ड सिद र मेरो यौनिक स्वैरकल्पना हो ।’

उनका २५ वर्षीय केटासाथी दिनभर उनकै लागि खाना बनाउन, उनको ठुलो पेट भरिएपछि ओछ्यानमा ओल्टाइपल्टाई गर्न र मुखमा सोलीबाट दूध ख्वाउन व्यस्त रहन्छन् । मोनिकाले भनिन् , ‘करिब ४५० किलोग्राम पुग्ने र डेग चल्न नसक्ने हुने नै हो । म त्यतिखेर महारानीझैँ बन्नेछु किनभने सिद मेरा लागि मरिहत्ते गर्छ । यो हाम्रा लागि यौनिक स्वैरकल्पना हो र हामी यसबारे टन्नै कुरा गछौँ ।’

अहिलेसम्म मोनिका हिँडडुल गर्न सक्छिन्

‘अहिले पनि सोफा र ओछ्यानबाट उठाउन सिदले मलाई सहयोग गर्नुपर्ने भइसक्यो । बेलुकाको खाना धेरै खाएर म सुतेँ भने मलाई ओल्टन पल्टन समेत समस्या पर्छ । यति कुराले हामी दुवै हैरान हुन्छौँ, ‘ मोनिकाले भनिन् ।  र, उनीहरूका बारेमा बाहिरफेर जे जस्ता कुरा भएपनि यी जोडी भने अब छिटै नै बच्चा पाउने तयारीमा छन् । मोनिकाले भनिन्, ‘हामी बच्चा चाहन्छौँ । हामीले बच्चा हुर्काउन असहज हुने कुनै कारण छैन । यसका लागि एउटा धाइआमा चाहिँ नियुक्त गर्नुपर्ला ।’

मोनिका पहिलादेखिनै मोटोपनाको शिकार भएकी हुन् र २ वर्षअघि उनी बरियाट्रीक सर्जरी गराउने योजनामा थिइन् तर पछि उनले विचार बदलेर मोटै हुने निर्णय गरिन् ।

प्यारीलाई नखुवाई भो ?

‘जति मोटाउँदै छु , उत्तिकै कामोत्तेजक महशुस गर्दैछु । म मेरो नरम पेटलाई मन पराउँछु , जति खाना यसमा थप्छु मेरो यौन उत्तेजना बढ्छ, ’ उनले भनिन् , ‘ सिद खाना पकाउन मात्र मन पराउँदैन, उ मलाई हातैले खाना खान रुचाउँछ । त्यसैले हामीले एकअर्कालाई भेटेदेखि मेरौ तौल बढेको बढ्यै छ । मलाई उसले खुवाएको खुवाएै गर्छ । मलाई त उठ्नै पर्दैन ।’

मोनिकाको भनाई छ, ‘मलाई कारले हानेर भोलि नै मार्न सक्छ र जिन्दगी खत्तम हुन सक्छ । यदि म मोटाएरै मरेँ भनेपनि मैले चाहेको जीवन जिएरै मरेको ठहर्छ ।’

 





error: Content is protected !!