यूद्धकालको झल्को दिने गरी अझै सामुयिक काम गदै कम्यूनवासी

हेमन्त के सी ,
जाजरकोट । कम्यून स्थापना गरि सामुयिDSC04987 IMG_1743क काम ,वसाई , गदै आएका दह जुनी निपाने वासी अहिले सहकारी मार्फत कम्यूनै अभ्यास गदै छन् । २०५५साल असार ३ र मंसिर १० गते तत्काललिन दंगा प्रहरीले खेत रोप्दै गरेका अनि वेहुली लिए जाँदै गरेका माथी आक्रमण गरी एकै पटक ३१ जनाको हत्य गरेको थियो । दंगा प्रहरीको आतंक पछि ज्यान जोगाउँन भन्दै दह गाविस वडा नं १ र २ का जुनी निपाने वासी संगठित भई कम्यून स्थापना गरी सामुयिक काम ,वसाई सुरु गरेका थिए । कम्यूनमा जो कोही मानिस जाँन सक्ने अवस्था नै थिएन । सुरुग निर्माण गरि यहाँका कम्यून वासी वस्न थालेका थिए । प्रतिग्रुप १० जना पर्ने गरि काम अनुसारको सेक्सन वनाई DSC05000सामुयिक काम गरिने अध्यास भएको थियो । अहिले जुनी वहुउदेश्यीय सहकारी संस्थामा आवद्ध भएर यहाँका कम्यून वासी हरु दैनिक काम गदै आएका छन् । अहिले पनि सामुयिक काम गदै आएका छन् । यहाँका कम्यूनवासी लाई अहिले राज्यले वास्ता नगरेको भन्दै आक्रोषित भएका छन् । हिजो यूद्ध लड्दा खेरि प्रयोग गरे अहिले महलमा पुगेपछि वास्ता नै गर्न छाडेका छन् कम्यूनवासी भद्रवहादुर घर्तीले वताउनुभयो । त्यति वेला दंगा प्रहरीले आक्रमण गरेर मृत्यू भएका हरुकी श्रीमतीहरु अहिले पनि श्रीमान्को लक्ष्य नभएको भन्दै दिनरात संगठन विस्तार संगै कम्यूनकै रक्षामा खटिएका छन् । सहिदका छोरा,छोरीहरु भने आर्थिक अभावका कारण पढ्न वाट वन्चित भएको पाइएको छ । कम्यूनवाट मावि तह पढ्न आउँन र जाँन मात्र ८ घण्टा लाग्छ । स्वास्थ्य संस्था आउन समेत त्यतिकै समय लाग्ने गर्दछ । यूद्धकालमा भत्काएका यहाँका घर,टहरा र भएको जनधनको क्षेति अहिले सम्मा पुर्ण निर्माण हुँन सकेको छैन ।
सडक निर्माण गर्न जुनी वासीले जति सुकै आग्रह गरेपनि माग सुनुवाई नभएको उनीहरुले वताएका छन् । पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतलाई यहाँका कम्यूनवासीले छिटो आफुहरुलाइ आधारभुत आवश्यकता पुर्ती गर्न माग गरेका छन् । शान्ति प्रक्रियामा माओवादी आएदेखी अहिले सम्मा कम्यूनमा कोही नेता नआएको उनीहरुको भनाइ छ । कम्यूनमा अहिले सिमी,आलु उत्पादन हुँने र यहाँ उत्पादन गरिएको वस्तुहरु वाहिर लिएर अन्न संग साट्ने गरेर खाद्यान्नको जोहो यहाँ गरिन्छ । कम्यूनमा टेलिफोन सेवाको पहुँच नहँुदा यहाँका स्थानीयहरु हैरान भएको वताउँछन् । काम सामुयिक गर्दा निकै छिटो र सजिलो हुँने गरेको स्थानीय जयवहादुर घर्तीले वाउनुभयो ।





error: Content is protected !!