सिस्नु हानाहान गरेर माघी


जाजरकोट । सिस्नु हानाहान गरेर जाजरकोटको पुर्वी क्षेत्रमा शनिवार माघी पर्व मनाएको छ । यहाँ सिस्नु हानाहान गर्नकै लागी छिमेकी जिल्ला रुकुमको आठविसकोट लगाएतका ठाउँवाट पुर्वी क्षेत्रमा तन्नेरी,तरुनाहरु प्रत्येक माघी पर्वको दिन आउँने गरेको खगेनकोट गाविसका लेखा सहायक लोकेन्द्र केसीले जानकारी दिए । विहानै देखी जिल्लाका खगेनकोट,रग्दा,भगवती,लहँ,डाडागाउँ ,सक्ला लगाएतका गाविसमा सिस्नु हानाहान गर्नका लागी ठुलो भिड लागेको छ । आजको दिनमा सिस्नु हानाहान नगरेमा सुङगुर हुँने भन्ने पौराणिक मान्यता छ । सिस्नु हानाहान गरेर अधिकाश केटा,केटीहरु रमाईलो गरी माघी पर्व धुमधामका साथ मनाउने गरिन्छ । प्राय यो सिस्नु हानाहान ईष्ट,कुटुम्पका छोरा,छोरी वीच हुँने गर्दछ ।
अधिकांशले सिस्नु हानाहान संगै विवाह वन्धनमा वाधिने गरेको सक्ला १ का जयवहादुर खत्रीले वताए । साथीहरु वीच लामो समय पछि भेटघाट हुँदा यहि पर्वको झलको दिने गरी सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु खेल्न मामा घर जाँने चलन पनि रहेको छ । सोल्टी ,सोल्टीना ,साला,साली वीच पनि यो पर्वमा सिस्नो हानाहान हुने गरेको छ ।
तस्वीर नन्दा शाही








