अज्ञात रोगले भेडा वाख्रा मर्न थाले

जाजरकोट , पुस , अज्ञात रोगका कारण वारेकोटको रामीडाडा गाविस वडा नं ५ र ८ मा भेडावाख्राहरु मर्न थालेपछि किसानहरु समस्यमा परेका छन् । स्थानीय सुन्तोला ज्योति,देवहादुर वुढा,असारे वोहरा लगाएतका स्थानीयका भेडा ,वाख्रा मरेको स्थानीय सञ्चाकर्मी कालीप्रसाद थापाले वताउनुभयो । गाँस नखाने,टाउँको सुनिने, अनि मर्ने गरेको किसानले वताएका छन् । अहिले धेरै किसानहरुका भेडा,वाख्रामा यस्तो समस्य देखिएको छ । पोहर साल पनि यस्तै समस्यले गर्दा भात्रामा किसानले पालेका भेडा,वाख्राहरु मरेका थिए ।





error: Content is protected !!