ट्याक्टर दुर्घटनामा एकको मृत्यू

जाजरकोट , जाजरकोट सदरमुकाम वाट ढिमेको घरंगा पौष्टिक आहार लिएर गएको भे १ त ५७०७ को ट्याक्टर पल्टिदा विहिवार एक जनाको मृत्यू भएको छ ।
ढिमे १ चुईकमा ट्याक्टर पल्टिदा सहचालक भेरीमालिका २ का २४ वर्षिय हरिवहादुर पुनको घटना स्थलमै ज्यान गएको हो । ट्याक्टर चालक सुर्खेतका लालवहादुर चदारा घाईते भएका छन् । घाईतको उपचारका लागी सदरमुकाम ल्याउदै गरेको प्रहरी प्रमूख भावेश रिमालले वताउनुभयो ।










