वन रक्षक शाहीको हत्याको विरोधमा जाजरकोटका कर्मचारीको जुलुस एक दिनको तलब मृतकको परिवारलाइ दिइने

ई-खबर अनलाइन

जाजरकोट दशेरा ८ वडावन घर भइ जिल्ला वन कार्यालय ताप्लेजुङ अन्तरगतको इलाका कार्यालयमा रही कामकाज गर्दै अएका थिए । जाजरकोट स्थित कर्मचारीहरूका विभिन्न पेसागत संगठनहरूले शाहीको हत्याको विरोध गर्दै संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ५ बुँदे माग सहित ज्ञापन पत्र समेत बुझाएका छन् ।
हत्यामा संलग्न अपराधीलाइ कुनैपनि राजनीतिक संरक्षण नगरी कानून बमोजिम कारवाही गरिनुपर्ने, मृतक शाहीलाइ राष्ट्रसेवक सहिद घोषणा गरिनुपर्ने, मृतक शाहीका सन्ततिहरूलाइ पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनुपर्ने, मृतक शाहीका आश्रित परिवारलाइ आजिवन निवृत्तिभरणको व्यवस्था हुनुपर्ने, र यस्ता घटना दोहोरिन नदिन राष्ट्रसेवक कर्मचारीहरूलाइ सूरक्षाको पूर्ण व्यवस्था गरिनुपर्ने माग रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गैतमले ज्ञापनपत्र तत्काल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइने जानकारी दिनुभयो ।
यसैबिच यहाँका कर्मचारीहरूले एक दिन बराबरको तलब मृतक शाहीको परिवार र सन्ततिका लागि सहयोगार्थ दिने प्रतिबद्धता समेत गरेका छन् ।
कर्मचारीहरूले यसरी विरोध र्याली निकालेका थिए । हेर्नुस केही तस्बिरहरूः















