सिभिल अस्पतालको निर्देशकमा डा। आरसी को हुन् डा आरसी

पौष १९ मंगलबार

अस्पतालका निर्देशक डा। विमल थापाको चार वर्षे कार्यकाल सकिएपछि सरकारले डा। अरसीलाई नियुक्त गरेको हो। अर्थोपेडिक सर्जन डा। आरसी हिप तथा घुँडा प्रत्यारोपणमा दख्खल राख्छन्। सिभिल अस्पतालमा उनकै अगुवाइमा हिप तथा घुँडा प्रत्यारोपण सेवा सुरु भएको हो।
यो पनि पढ्नुहोस्
को हुन् डा। आरसीरु
डा। दीर्घराज आरसी ९रोकाया क्षत्री० को विगत केलाउने हो भने भन्न सकिन्छ, मान्छेको जीवन संयोगहरूको एउटा रोमाञ्चक यात्रा हो। जाजरकोटको गाउँले केटो वीर अस्पतालको डाइरेक्टरसम्म र प्रावि शिक्षकदेखि हाडजोर्नी विशेषज्ञसम्म, जताबाट उनको जीवनयात्रा नियाले पनि, जसरी उनको कथा खोतले पनि ‘त्यो नभइदिएको भए के हुन्थ्योरु’ भन्ने प्रश्नले छाड्दैनन्। उनको जीवनमा धेरथोक भइदिए र उनी आज नेपालकै भरपर्दो ‘हिप तथा नी रिप्लेसमेन्ट’ विशेषज्ञ कहलिएका छन्। उनी नेपालकै पुरानो र ठूलो वीर अस्पतालको निर्देशकसम्म भइसकेका छन्।
संयोग नं १
२०३२ सालमा सेकेन्ड डिभिजनमा एसएलसी पास गरेपछि उनले जाजरकोटमै शिक्षक भएर जागिर सुरु गरे। प्राथमिक विद्यालयको शिक्षक थिए उनी। त्यो बेला राम्रै पारिश्रमिक पाइरहेका थिए उनले। त्यस बखत गाउँमा ‘मास्टर’को राम्रै मानमनितो थियो। त्योभन्दा राम्रो खातिरदारी हुने अरू दुई जागिर थिए, डाक्टर भनिने अहेव र इन्जिनियर सापका रूपमा कहलिने ओभरसियर। एक वर्ष मास्टरी गरेको रकम जम्मा गरेर उनी डाक्टर वा इन्जिनियर बन्न तम्सिए। ‘त्यो समय ओभरसियर र अहेव जे पढ्न भए पनि जानुपर्ने कि काठमाडौँ कि नेपालगञ्ज थियो,’ डा। दीर्घराज सम्झन्छन्।
मोटरबाटो नपुगेकाले उनीसँग दुई विकल्प थिए। कि हिँडेरै नेपालगञ्ज आउने कि कहिले चौरजहारी विमानस्थलमा प्लेन आउँछ भनेर कुर्ने। उनी हिँडेरै नेपालगञ्ज झर्ने सोचमा झोला भिरेर घरबाट निस्केका थिए। उनलाई लाग्यो, ‘एकपल्ट प्लेन कहिले आउँछ, बुझेर जाऊँ।’ उनी एयरपोर्ट पुगे। प्लेन उड्न केही समय थियो। प्लेनमा एउटा मात्रै सिट बाँकी थियो। उनले तुरुन्तै प्लेनको टिकट काटे र सीधै आइपुगे काठमाडौँ।
संयोग नं २
काठमाडौँ आइपुगे पनि कहाँ जानेरु कहाँ बस्नेरु के गर्नेरु भन्ने अन्योल। कहिल्यै काठमाडौँ नदेखेको मान्छेलाई एयरपोर्टबाट पाइला कता चाल्ने भन्नेसम्म थाहा थिएन। यही दोधारका बीचमा प्लेनबाट ओर्लिएका उनको जीवनमा संयोग नं २ घटित भयो। अर्थात्, काका नाता पर्ने एकजना जाजरकोटकै मान्छे एयरपोर्टमा टुप्लुक्क देखिए। ‘त्यो समय चिठी पुग्न कम्तीमा महिनादिन लाग्ने गर्थ्यो। अन्य सञ्चारको व्यवस्था हुँदैनथ्यो। त्यसैले कोही नजिकको मान्छे काठमाडौँ जाने थाहा पाउँदा आफन्तलाई उसैको हातमा खर्चपानी पठाउने गरिन्थ्यो,’ उनी ती दिन स्मरण गर्छन्। ती काका पनि कसैको हातमा घरबाट खर्चपानी पठाइदिए किरु चिनेको मान्छे कोही आयो किरु भनेर एयरपोर्ट पुगेका रहेछन्।
खर्चपानी नआए पनि ती मान्छेले चिनजानका मान्छे भेटे। डा। आरसीलाई भने देवता नै प्रकट भएजस्तो लागिरहेको थियो। ती व्यक्ति काठमाडौँमा ओभरसियर पढिरहेका रहेछन्। उनले आफू ओभरसियर वा एचए, अहेव पढ्न काठमाडौँ आएको बेलिविस्तार काकालाई लगाए। उनीसँगै डेरामा बस्न गए। तिनै काठमाडौँ बसेका काकाको सहारामा जानकारी पाए– पुल्चोकमा ओभरसियर र महाराजगञ्जमा हेल्थ असिस्टेन्ट ९एचए० को पढाइ हुन्छ।
उनले सुरुमा एचए रोजे। यसको खास कारण थियो। जाजरकोट जिल्ला सदरमुकाममा डेरा लिएर पढ्दै गर्दा एकपल्ट एमबिबिएस पास गरेका डाक्टर जिल्ला अस्पतालमा आइपुगे। ‘ठूला डाक्टर’को उपनाम पाएका ती डाक्टरलाई हेर्न सदरमुकामभरिका मान्छे ओइरिएका थिए। त्यसक्रममा उनी पनि पुगे। चिटिक्क परेको पहिरन लगाएका ती डाक्टरको व्यक्तित्व यति आकर्षक थियो कि किशोर दीर्घराजलाई पनि डाक्टर बन्ने भोक र रहर जागिहाल्यो। यसकारण महाराजगञ्जमा एचएको र पुल्चोकमा ओभरसियरको प्रवेश परीक्षा दिए।
संयोग नं ३
उनको डाक्टर बन्ने सपना चिप्लिसकेको थियो। किनभने, महाराजगञ्जमा एचए पढ्न दिएको प्रवेश परीक्षामा नाम निस्क्यो तर कोटाभन्दा बढीको सूचीमा। कोटाभन्दा पछि नाम निस्केकालाई आईएससी पढ्नका लागि योग्य मानिन्थ्यो। आइएससी पढ्न तराईको कुनै ठाउँ जान भनिएको थियो। जाजरकोटबाट काठमाडौँ आउनै सकस पर्ने अवस्थामा तराई गएर आइएससी पढ्ने हिम्मत उनले गरेनन्।
त्यही समयमा पुल्चोकमा ओभरसियर पढ्न नाम निस्क्यो। उनी भर्ना भएर पढ्न थालेको ९ दिन भइसकेको थियो। यहीँनेर आइपुग्यो, संयोग नं ३ अर्थात् एचए पढ्ने अवसर। कोटाभित्रकै सूचीमा नाम निकालेका कतिले एचएमा भर्ना नगरेपछि अन्य नाम निस्केर आइएससी पढ्न पठाइएका विद्यार्थीलाई बोलाइयो। त्यसमा उनी पनि परे। त्यसपछि पुल्चोकमा ओभरसियर पढ्न छाडेर एचए पढ्न महाराजगञ्ज भर्ना भए।
दुईपल्ट जाजरकोट
अहिले पनि जाजरकोट धेरैका निम्ति रोग, भोक र अशिक्षाको विम्ब हो। बेलाबखत सरुवा रोगका कारण फैलिने महामारीका कारण अखबार र टीभीमा जाजरकोटको नाम आइरहन्छ। चिकित्सक जान नमान्ने ठाउँका रूपमा पनि यसको चर्चा हुन्छ। उनले एचए पास गरेपछि काठमाडौँ वरपर नै जागिरको अवसर नपाएका होइनन्। आफ्नै गाउँमा सेवा गर्ने भनेर उनी जाजरकोट फर्किए। जाजरकोटको सदरमुकामभन्दा टाढा रहेको रोकाया गाउँ हेल्थपोस्टमा उनले डेढ वर्ष सेवा गरे। एचए पढ्दा नै एमबिबिएस पढेर डाक्टर बन्ने सपना अंकुराइसकेको थियो।
शिक्षा मन्त्रालयअन्तर्गत आउने विभिन्न छात्रवृत्ति कोटामा नाम निकालेर विदेशमा एमबिबिएस पढ्न जान पाइने उनलाई थाहा थियो। उनकै समकक्षी डा। भगवान कोइराला यसअघि नै एमबिबिएस पढ्न गइसकेका थिए। उनले त्यो वर्ष प्रयास नै गरेनन्। अर्को वर्ष जाजरकोटमा सेवा गरिरहेकै अवस्थामा काठमाडौँ आएर छात्रवृत्तिका लागि जाँच दिए। दुर्गममा बसेर डेढ वर्ष सेवा पनि गरेकाले उनलाई सहज भइसकेको थियो। शिक्षा मन्त्रालयले छात्रवृत्तिमा पढ्न रुस पठायो।
रुसमा सात वर्षको एमबिबिएस कोर्स सकेपछि उनले पाटन अस्पतालमा काम गरे। एक वर्ष त्यहाँ मेडिकल अफिसरका रूपमा काम गरेपछि सरकारले लोकसेवा खोल्यो। लोकसेवा पास गरेपछि उनलाई भक्तपुर जिल्ला अस्पतालमा खटाइयो।
दुर्गमबाट डाक्टर बनेका उनलाई थाहा थियो, त्यहाँको अवस्था। उनी आफैँले स्वास्थ्यका अधिकारीहरूलाई जाजरकोट जान चाहेको बताइदिए। डाक्टरहरू सुगममा बस्नका लागि मरिहत्ते गर्छन्। ‘त्यो समयमा त्यस्तो दुर्गम ठाउँमा जान कस्सिएको डाक्टर देखेर सरुवा गर्ने कर्मचारी चकित परे,’ उनी सुनाउँछन्। उनले बालबच्चा र श्रीमती काठमाडौँमै छाडेर झन्डै साढे एक वर्ष जाजरकोट जिल्ला अस्पतालमा काम गरे।
जाँदा एक्लै, फर्किंदा सपरिवार

एमबिबिएस पढ्न उनी रुस जाँदा एक्लै गए। सात वर्षपछि फर्किंदा उनीसँग परिवार थियो। उनीसँगै एमबिबिएस पढ्न रुस पुगेकी सिन्धुलीकी लक्ष्मीसँग उनको प्रेम बस्यो।
बिरानो मुलुकमा एक्लो महसुस गरिरहेका दुवैले एकअर्कालाई आफन्त ठाने। यही क्रममा मायाप्रेम झ्याङ्गिँदै गयो र एमबिबिएस तेस्रो वर्षसम्म पुग्दा उनीहरू एकअर्काबिना बाँच्नै नसक्ने भइसकेका थिए। ‘यसै पनि बिरानो ठाउँमा सँगै बस्दा अझ सहज हुने महसुस हुने नै भयो। हामीले तेस्रो वर्ष पढ्दै गर्दा बिहे गर्यौँ,’ यसरी उनको दाम्पत्य जीवन सुरु भयो। त्यसपछि परिवारमा नयाँ सदस्यका रूपमा छोरा थपिए। उनकी जीवनसंगिनी डा। लक्ष्मी हाल पाटन हस्पिटलमा गाइनाकोलोजिस्टका रूपमा कार्यरत छिन्।
हाडजोर्नी विशेषज्ञ बन्ने चाहना
एमबिबिएस मात्रै गरेको भए पनि पहाडी जिल्ला जाजरकोट बस्दा उनले विशेषज्ञले दिने सेवा दिनुपर्यो। रूखबाट वा भीरबाट लडेर घाइते भएर अस्पताल आइपुग्ने धेरै हुन्थे। अर्थोपेडिक्सको सेवा दिनुपर्यो। सुत्केरी हुन नसकेर अस्पताल आइपुग्ने हुन्थे, सिजरियन गरेर ज्यान जोगाउनुपर्थ्यो।
कति अविस्मरणीय घटना छन्, जसले उनलाई अहिले पनि हौसला दिन्छन्। ‘ज्यान जोगाइदिएकोमा बिरामीले आभार प्रकट गरेका ती क्षणले अहिले पनि मलाई सेवा गर्ने ऊर्जा मिल्छ,’ उनी सम्झन्छन्। जाजरकोटमा हाडजोर्नीका धेरै बिरामीलाई उपचार गर्नुपरेपछि उनमा हाडजोर्नी विशेषज्ञ बन्ने चाहना जागेको थियो।
जाजरकोटबाट वीर अस्पताल सरुवा भएपछि उनले हाडजोर्नीमा विशेषज्ञता हासिल गर्न बंगलादेश जाने निधो गरे। तत्कालीन समयमा माथिल्ला निकायसम्म पहुँच हुनेहरू तलबी बिदामै गएर विशेषज्ञता हासिल गरेर फर्किन्थे। आफ्नै बलबुताले त्यो स्तरसम्म पुगेका उनका लागि भनसुन गरिदिने प्रभावशाली मान्छे कोही थिएन। त्यसैले बेतलबी बिदामा बंगलादेश गएर हाडजोर्नीमा विशेषज्ञता हासिल गरेर फर्के। वीरमा एक वर्ष सेवा गरेपछि उनलाई काजमा नारायणी क्षेत्रीय अस्पताल, वीरगञ्ज पठाइयो।
त्यहाँ दुर्घटनामा परेर आएकादेखि जोर्नी खिइएकाको जोर्नी फेर्नेसम्मको काम उनले गरे। यसले गर्दा वीरगञ्जमा उनी आरसी डाक्टरका रूपमा कहलिन समय लागेन। सात वर्षदेखि त्यहाँ सेवा दिइरहेका उनको ख्यातिले एउटा समस्या सिर्जना गर्यो। तराईमा भूमिगत समूहहरू बढ्दै थिए। उनको नाम प्रख्यात भएकाले जो पनि चन्दा माग्न उनकै ढोका ढकढकाउँथे। नदिए ज्यानै मार्ने धम्की। उनलाई त्यहाँ टिक्न मुस्किल भयो। यता घरपरिवार काठमाडौँमै थियो। उनले निर्णय गर्नैपर्ने भएको थियो, आफू काठमाडौँ जाने कि घरपरिवारलाई वीरगञ्जमा सेटल गर्नेरु त्यसपछि उनी वीरमा काज फिर्ता गराएर २०६३ सालमा फर्किए।
वीरको निर्देशकबाट राजीनामा
कसैलाई नबिझाउने उनको स्वभाव छ। त्यसमाथि आफ्नो काममा इमानदारीपूर्वक खट्नु उनको विशेषता हो। यसैले गर्दा उनले काठमाडौँ फर्केको दुई वर्षमै वीर अस्पतालको निर्देशकको जिम्मेवारी पाए। नियमानुसार र निष्ठापूर्वक काम गरिरहेका थिए। तर, उनको इमानदारी वीर अस्पतालजस्तो ‘राजनीतिक अखडा’का लागि घाँडो भएको थियो। विभिन्न राजनीतिक पार्टीका झण्डा ओढेका अस्पतालभित्रका संगठनले उनलाई आफूअनुकूल निर्णय गराउन दबाब दिन थाले। ‘मैले अस्पतालको हितविपरीत कसैका पक्षमा निर्णय गर्न सक्दिनथेँ,’ उनी सम्झन्छन्।
अस्पतालको हितमा मात्रै काम गर्न खोज्दा ती राजनीतिक संगठनको हित भएन। अनावश्यक दबाब दिन थाले उनलाई। उनले दबाबमा काम गरेर निर्देशक भइरहन उचित देखेनन्। कार्यकाल ६ महिना बाँकी छँदै राजीनामा दिए। भन्छन्, ‘सबै निर्देशक हुन मरिमेट्छन् तर मलाई निर्देशक भएपछि पनि त्यति सन्तुष्टि मिलेन, जति बिरामीको उपचार गर्दा मिल्छ।’
वीर अस्पतालको निर्देशकबाट राजीनामा दिएपछि उनलाई थप विशेषज्ञता हासिल गर्न मन लाग्यो। अर्थोपेडिसियनका रूपमा काम गर्दा पनि हिप एन्ड नी ९हिप र घुँडा० प्रत्यारोपण गर्ने काम आइलागिसकेको थियो। उनलाई यसमै थप दक्षता हासिल गर्न मन लाग्यो। भारतस्थित एपोलो अस्पताललाई आफ्नो इच्छा जाहेर गरे। अस्पतालले उनलाई फेलोसिपका लागि बोलायो। उनले तीन महिनामै प्रत्यारोपणका लागि चाहिनेजति दक्षता हासिल गरे। भन्छन्, ‘सबै कुरा थाहा भइसकेको थियो। केही सिस्टम मात्रै हेर्नुपर्ने थियो। हेरेपछि तुरुन्तै सिकियो।’ उक्त फेलोसिप सकेर नेपाल फर्किंदा जोर्नी प्रत्यारोपण नेपालमा त्यति हुन थालेको थिएन। उनी वीर अस्पताल फर्किएर जोर्नी प्रत्यारोपण गर्न थाले। झन्डै १० वटा जति जोर्नी प्रत्यारोपण गरे।
हिप तथा नी प्रत्यारोपणका लागि सिभिल
सिभिलले दिने उत्कृष्ट विशेषज्ञ सेवाभित्रै पर्छ, हिप र नी प्रत्यारोपण। यसलाई स्थापित गरेका हुन्, डा। आरसीले।
उनी वीरको निर्देशकबाट राजीनामा दिएपछि सिभिल अस्पतालमा काम गर्न पुगेका थिए। उनले सिभिल रोज्नुमा अस्पतालका कार्यकारी निर्देशक डा। विमल थापासँगको घनिष्ट सम्बन्ध मूल कारण थियो। डा। थापाको कार्यशैलीबाट प्रभावित थिए उनी। सिभिल अस्पतालको कार्यकारी निर्देशक भएपछि डा। थापाले सहयोग गर्न आग्रह गरेपछि नाइँनास्ती गर्न उनको मनले मानेन र आइपुगे सिभिल अस्पताल। भन्छन्, ‘वीर अस्पतालमा आफूले सोचे जसरी सेवा दिन पनि नसकिने वातावरण छ। त्यसैले मैले सिभिल रोजेँ।’
सिभिल अस्पताल आएपछि उनले हिप र नी प्रत्यारोपणमा रहेको आफ्नो दक्षता निस्फिक्री उपयोग गर्न पाए। यसका लागि निर्देशक डा। थापाको सहयोगको तारिफ गर्छन् उनी। त्यसैले अहिले हिप तथा नी प्रत्यारोपणमा सिभिल अस्पताललाई धेरैले विश्वास गर्छन्। अमेरिकामा बसेका नेपाली चिकित्सकले पनि आफ्ना अभिभावकको खिइएको घुँडा प्रत्यारोपणका लागि सिभिलमा पठाएका प्रसस्त उदाहरण छन् उनीसित। डा। आरसी भन्छन्, ‘यो हामीप्रतिको विश्वास हो । फेरि निजी अस्पतालले यही सेवाका लागि लिने भन्दा झण्डै आधा रकममा हिप तथा घुँडाको प्रत्यारोपण हुन्छ सिभिलमा।










