छोरा भन्दा आमा कान्छी

पुस १८ जाजरकोट । छोरा भन्दा आमा कान्छी भन्दा अनौठो लाग्न सक्छ ? तर अनौठो नमान्नुहोला , नागकिरता फाँटका कर्मचारीको लापरवाईका कारण जाजरकोट खगेनकोट ४ का रामचन्द्र खनाल भन्दा उनकी आमा प्रेमा जैसी करिव एक महिनाले कान्छी हुँन पुग्नुभएको छ ।
रामचन्द्र खनालको नागरिकतामा २०४५ साल १ महिना १९ गते जन्म उल्लेख गरिएको छ भने उनकी आमाको नागरिकतामा २०४५ साल २ महिना २२ गते हुँन पुगेको छ । छोरा भन्दा आमा कान्छी भएपनि वृद्धभत्ता पाउँने उमेरमा समेत उमेर नपुग्ने देखिएको छ । यो प्रतिमुलक घटना मात्र हो , जिल्लाका अधिकांश स्थानीयका नागरिकतामा कसैका जन्म मिति मिलेका छैन्न भने कसैका वावुको उमेर मिलेको छैन । यसरी नागरिकतामा हुँने गरेको त्रुटीका कारण निर्देश स्थानीयले हैरानी वेहोनु परेको छ ।
नागरिकता वनाउँदा कर्मचारीले राम्रो संग ख्याल नगर्दा यस्तो समस्य आएको पिडितले वताएका छन् ।










