अविर लगाएर हिमाली गिद्धलाइ यसरी बिदाइ गरियो

अविर लगाएर हिमाली गिद्धलाइ यसरी बिदाइ गरियो

        ई-खबर अनलाइन   |    

जाजरकोटः केही दिन अघि स्थानीयले ढुंगाले हानेर कुकुरले टोकेपछि गम्भीर घाइते भएको हिमाली गिद्धको सफल उपचार पछि अविर लगाएर जंगलमा उडाइएको छ ।

सिनो खाँदै गर्दा केटाकेटीले ढुंगाले हान्दा सक्ला २ कोलेनीमा लोपोन्मुख हिमाली गिद्ध गम्भीर घाईते भएको थियो । घाइते भएर उड्न नसक्ने अवस्थामा पुगेपछि सिनो खाइरहेको कुकुरले टोक्दा खुट्टा पूर्ण रूपमा भाँचिएको थियो ।

गिद्धको एउटा खुट्टा भाँचिएर घाईते भएपछि पन्छि संरक्षण अभियन्ता गोविन्द सिंहले उपचारका लागि पशु सेवा केन्द्र सक्लामा लिएका थिए । विश्वमै लोपोन्मुख मानिएको हिमाली गिद्ध जाजरकोटमा मंसीर पहिलो सातामा ७५ वटा देखिएको सिंहले बताए । लोपोन्मुख हिमाली गिद्ध जाजरकोटमा भेटिए पनि यसको संरक्षणका लागि सम्बन्धित निकायबाट उचित पहल हुन सकेको छैन ।

तस्बिरहरूः गोविन्द् सिंह

 





error: Content is protected !!