बुटवलको आन्दोलन सेलाएपछि सहकारीको प्रमुख अतिथि भए टोपबहादुर !

काठमाण्डु, १८ पुस– बुद्धनगर बहुउद्देश्यीय सहकारी संस्था, काठमाण्डुको सातौं वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

प्रमुख अथिति पूर्वमन्त्री एव्म सांसद टोपबहादुर रायमाझी र अथिति सांसद सोनिया यादवको उपस्थितिमा शनिबार सम्पन्न साधरणसभाले शेयरधनीलाई पाँच प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।
साधरण सभाले अध्यक्ष छन्द पन्थीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद भट्टराईको आर्थिक प्रतिवेदन पारित गर्नुको साथै ०७२र०७३ को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ ।
‘एकका लागि सवै र सवैका लागि एक’ भन्ने मूल नारा रहेको यो सहकारीले विभिन्न रेमिट्यान्स कम्पनीसँग मिलेर रेमिट्यान्स सम्बन्धी काम पनि गर्दै आएको छ ।
सहकारीमा साधरणसभा हुनेबेलासम्म १८७ सेयर सदस्य सख्या रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक सहकारीले ६० लाख ६६ हजार रहेको शेयर पुँजीलाई बढाएर आगामी बर्ष एक करोड पुर्राउने लक्ष्य लिएको छ । साधरणसभासम्म आउँदा सहकारीले ५२ लाख रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले बचत रकम उत्पादनशील क्षेत्रमा लगाउने र रोजगारी बढाउने कुरालाई ध्यान दिएको जनाइएको छ ।










