आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः सत्तापक्ष र प्रतिपक्ष दलहरु द्वन्द्वउन्मुख

१७ पुस, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाले सत्त पक्ष र प्रतिपक्ष दलहरुबीच द्वन्द्व बढ्दै भएको समाचारलाई महत्व दिएर फ्रन्टपेजमा छापेका छन् ।
त्यसबाहेक, गोरखापत्र दैनिकले नेपाल आफ्नै भूउपग्रहको तयारीमा भएको, नयाँ पत्रिका दैनिकले मलेसियामा कामदारले लेबी तिर्नु नपर्ने, अन्नपूर्ण पोस्ट्ले सन् २०१६को समीक्षा, राजधानी दैनिकले संसदीय समितिमै विधेयक थन्किएको,कान्तिपुरले निर्माणाधीन तामाकोशी जलविद्युत आयोजना लक्ष्यनजिक रहेको, नेपाल समाचारपत्रले राप्रपा र फोरम लोकतान्त्रिक सरकारमा जाने र नागरिक दैनिकले अब नेपाल लोडसेडिङमुक्त हुने समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् ।














