नागरिक मञ्चको सक्रियाता वढ्दो

काँशीराम न्यौपाने
मंसिर १७ । जाजरकोट । यहाँ मजकोट गाविसका राजनैतिक दलहरु कुनै वेला वडा नागरिक मञ्चलाई व्यवस्था गदै वर्षेनी योजना छनोट गदै आएकोमा अहिले सवै मिलेर योजना छनोट कार्य हुँने गरेको छ । स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम बाट सभागितामुलक योजना तर्जुमा प्रक्रिया तथा वडा नागरिक मंञ्च मजकोटमा गति दिईरहेको छ । २०६७ तीर जिल्लामा लागू भई रूपान्तरणिय सामाजिक परिचालन बाट गाउँ, गाउँ मा विकास र जनाचेतना मुलक कार्यक्रम अन्तरर्गत गदै गा वि स , गा वि स मा वडा नागरिक मंञ्च र नागरिक सचेतना केन्द्र गठन गरि गर्ने कार्य अगाडी वढेको थियो । त्यसै सिलसिलामा मजकोट गा वि स पनि गठन गरी काम शुरू भएको थियो । सामुदायिक मा विकासका काम सार्वजानिक सुनाई सामाजिक जवाफ देहिता विषयगत निकायले दिने सेवा लगाएतका कामहरू लाई सक्रिया वनाएको छ ।
२०६७ साल देखि काम गर्ने क्रममा विभिन्न निकाया र राजनितिक दलहरूले सुरूमा वडा नागरिक मंच के हो भन्ने प्रश्न गा वि स स्तरिय राजनितिक दलहरूको भेलामा ठुलो वहस हुने गरेको थियो । कामहरू हुँदै जादा अन्तत राजनितिक दल र वडा नागिरक मंच सगको मुकाविला लगाएत का सवाल माथि वहस गरि अन्तत ४ वर्ष सम्मा वडा नागरिक मंच ले विकासका कार्यक्रम सफल हुन सकेन र पछि फेरि थप ४ वर्ष कार्यक्रम आउदा बिस्तारै वडा नागरिक मंच लाई क्षमता विकास तथा सहभागितामुलक योजना तर्जुमा सम्वन्धि वडा नागरिक मंच का सदस्यलाई तालिम दिदै विभिन्ना सघं सस्थाले सक्रिय सहभागिता देखाएर काम गर्दै २०७३ सालमा आएर अन्तत वडा नागरिक मंच स्थानिय सरकार को जिम्मेवारी समाल्न सफल भएको छ ।
यस अघिको वडा वस्थि स्तरिय योजना छनौट मा वडा नागरिक मंच को सक्रियता बाट योजनाको कार्यन्वयन गर्ने राजनितिक दल ले र बिभिन्ना निकायले सहमतिको दस्तावेज तयार गरेर काम शुरू गरेका छन । आगामि दिनमा वडा नागरिक मंच विना कुनै काम अगाडि नवडाउने प्रतिवद्धता जाएर गरेका छन ।










